१४ मंसिर २०८०, बिहीबार
धनगढीबाट दुई किलो चार सय ग्राम सुनसहित एक जना पक्राउ


धनगढीबाट दुई किलो चार सय ग्राम सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । धनगढी बसपार्कबाट दुई किलो ४ सय ग्राम सुन समातिएको भएपनि प्रहरीले नाम खुलाएको छैन ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख सुदिप गिरीका अनुसार घटनामा थप व्यक्ति पनि संलग्न रहेको खुल्न आएकाले तत्काल सूचना गोप्य राखी अनुसन्धान भइरहेको छ । अनुसन्धानमा खटिएका एक जना प्रहरीका अनुसार उक्त सुन भारतबाट ल्याइएको हुनसक्ने आशंका गरिएको छ ।
Subscribe
Login
0 Comments