१३ असार २०८३, शनिबार
नरैनापुर गाउँपालिका वडा नं. ५ मा भीषण आगलागी
बाँके, नरैनापुर । नरैनापुर गाउँपालिका वडा नं. ५ मा भीषण आगलागी हुँदा ३ जनाको घर जलेर पूर्ण रूपमा नष्ट भएको छ। आगलागीको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भगवानपुर का प्रहरी निरीक्षक सुरेश कोईराला को कमाण्डमा खटिएको प्रहरी टोली तथा गंगापुर शस्त्र प्रहरीका निरीक्षक अमृत दुलाल को नेतृत्वमा खटिएको टोली घटनास्थलमा पुगेको थियो।
स्थानीय बासिन्दाको सक्रिय सहयोग र नरैनापुर गाउँपालिका को दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको छ भने आगलागीको कारणबारे अनुसन्धान जारी रहेको बताइएको छ।
Subscribe
Login
0 Comments



