३० कार्तिक २०८३, आईतवार

समाजसेवी मुनिरदिन मिस्त्रीद्वारा छठ पर्व–२०८३ को शुभकामना व्यक्त, आपसी सद्भाव र एकताको कामना

एसीपी संवाददाता

३० कार्तिक २०८३, आईतवार २२:५८ मा प्रकाशित

नेपालगन्ज, कात्तिक २९ गते — लोक आस्था, निष्ठा र पवित्रताको महापर्व छठ–२०८३ को पावन अवसरमा नेपालगन्जका समाजसेवी मुनिरदिन मिस्त्रीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २, बागेश्वरीटोल निवासी समाजसेवी मिस्त्रीले शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूको सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गर्नुभएको हो।
उहाँले अस्ताउँदो र उदाउँदो सूर्यदेवको आराधना गरी श्रद्धा, निष्ठा र भक्तिपूर्वक मनाइने छठ पर्वले सबैको जीवनमा नयाँ ऊर्जा, आशा, उमङ्ग र सकारात्मकता प्रदान गरोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ।

“छठ पर्व हाम्रो धार्मिक आस्था, मौलिक संस्कृति र सामाजिक एकताको प्रतीक हो। यस पर्वले सबै नेपालीबीच आपसी प्रेम, सद्भाव, भाइचारा र एकताको भावना अझ बलियो बनाउने विश्वास लिएको छु,” मिस्त्रीले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ।

त्यसैगरी, छठी माताको कृपाले सबैको घर–आँगनमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र समृद्धिको उज्यालो छाओस् भन्दै उहाँले कामना गर्नुभएको छ।

‘हाम्रो संस्कृति = हाम्रो गौरव’ भन्ने मूल भावनालाई आत्मसात् गर्दै मिस्त्री र उहाँको परिवारले छठ पर्वलाई धार्मिक आस्था, सांस्कृतिक पहिचान र सामाजिक सद्भावको पर्वका रूपमा मनाउन सबैमा आग्रहसमेत गर्नुभएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x