२९ माघ २०८२, बुधबार

कम्युनिस्ट सरकारको हैकमवाद , अमेरिका एपलाई प्रतिबन्ध के चिनियाँ एपको स्वागत तयारी ?

एसीपी संवाददाता

२४ भाद्र २०८२, मंगलवार ०८:३१ मा प्रकाशित

काठमाडौं –  प्रधानमन्त्री केपि शर्मा ओलिले देशमा लादेको तानाशाह अब सहन नसक्ने युवाहरूले बताएका छ्न ।

हालै मन्त्री परिषदको निर्णयले देशमा युवाहरु भित्र आक्रोश उठन थालेको छ । सयुक्त राज्य अमेरिका बाट संचालित २५ वटा समाजिक संजालका एपमा प्रतिबन्ध लगाएर चिनियाँ सरकारलाई खुशी बनाउन व चिनियाँ एपलाई बढी महत्त्व बढाएको अनुमान गर्दै  केपि ओलीले चालेको कदम अब युवापुस्ताले सहन नसक्ने बताउदै आन्दोलनमा जाने भएका छ्न । प्रचण्डको सरकार ढालेर एकाएक प्रधानमन्त्री बनेका ओलि र काङ्ग्रेसको समर्थनको दुई तिहाइको हैकमवाद नितिले अमेरिकी परियोजनालाई नेपाल बाट बिस्थापित गराउने चीनको रोडम्यापमा हिन्ने तर नेपाली युवालाई गुमराह पार्न सिपालु प्रधानमन्त्री ओलिले आफ्नो सत्ता जोगाउन जस्तो खेल रच्ना हुने योजनाकार हुन तर अब उठने युवाको आवाजलाई उनको यो कुटिल नितिको प्रतिवाद कसरी गर्नेछ्न हेर्न बाकी छ ।

नेपाल सरकारका प्रवक्ता एवं सन्चारमन्त्री पृथ्वी बहादुर सुब्बाले सम्चारकर्मी संग कुरा गर्दै भने कि हामीले लिएको निर्न्णय  प्रक्रिया कुनै पनि स्थितिमा फिर्ता हुदैन । नेपाल सरकारको मन्त्री परिसदले निर्णय गरि सक्यो त्यो कुरा बाट हामी पछि हटदैनौ ।

यो भनाइलाई जनताले कम्युनिस्ट सत्ताको दुरुपयोग र प्रधानमन्त्री ओलिको हैकमवादी नीति रहेको युवा पुस्ताको ठहर रहेको छ । नेपाल सरकारले ल्याएको संविधानले जनताको हकाधिकार सुनिश्चित हुन नसक्ने अबका युवाको भनाइ आउन थालेको छ । जेन – जि युवा पुस्ताको एउटा जमातले नेपाल सरकार बिरुद्ध सडक आन्दोलन गर्ने तयारीमा रहेको छ ।

युवा पुस्ताको माङ भनेको नेपाल सरकारलाई ढाल्ने लक्ष्य रहेको किन कि केपीको सरकार भ्रष्टाचारीहरुको जमात बनेको हो युवाले भनेका छ्न । भ्रष्टाचारका कुरामा प्रधानमन्त्री ओलीले चुईक्क बोल्दैनन् उनका नेता कार्यकर्ताले जति भ्रष्टाचार गरे नि लुकाउने आफै , मिलाउने नि आफै नितिमा छ्न ।

ओलिका मन्त्रीहरु समेत भ्रष्टाचार लिप्त छ्न । सरकार विरुद्ध जागरुक युवा पुस्ताको आवाज दबाउन अहिले नेपाल सरकारले विद्युतीय कारोबार येन २०६३ को दफा ७९ अनुसार समाजिक संजाल फौजदारी कारवही समेत रहेकोले हाम्रो स्वतन्त्रता जोखिम परेकोले युवाहरु सडक बाट आन्दोलन गर्दै सरकार ढाल्ने तयारीमा लाग्न सक्छन् ।

नेपाल सरकार किन सचेत हुन सकेन ? 

नेपाल सरकारले पाकिस्तानको इमरान सरकार को दशा ,  बाङ्लादेशको शेख हसीना सरकार विरुद्ध उठेका युवा विद्यार्थी आन्दोलन केही बर्ष पहिलेको श्रीलंकामा भएको सत्ता परिवर्तन र म्यानमार र थाइल्यान्ड सरकार परिवर्तन हेरेर पनि न हेरे जस्तै युवा पुस्ताको आजाज दबाउने प्रयासमा छ ।

सरकारको हैकमवादी निति । 

युवा जमातलाई बिश्वासमा नलिकन गरेको समाजिक संजाल बन्द घातक हुन सक्छ । प्रो. चीन नीतिको उदाहरण नेपाल प्रवेश गराउन खोजेको छ जुन कि युवा पुस्तालाई स्वीकार छैन । कम्युनिस्टले सत्तामा पुग्दा गर्ने ब्यवहारको ज्वलन्त उदाहरण अमेरिकाबाट संचालित फेसबुक , मेसेन्जर , ट्विटर , लिन्कप , व्हाटसप जस्तो २५ वटा एप मा प्रतिबन्ध लगाएर चिनियाँ सरकारलाई खुशी बनाउन गरेको यो नेपाल सरकारको निर्णय सरकारको लागि नै घातक हुन सक्ने छ ।

भारत – नेपाल आपसी द्वन्द सिर्जना गराई सत्ताको खेलमा काबिज ओलि । 

वर्तमान प्रधानमन्त्री ओलिकै कार्याकालमा २०७२ सालमा घोषणा भएको संविधानलाई विभिन्न युवाको आवाज बदाउदै जारी गरिएको थियोे त्यस बेलाको पनि केपि सरकारले  नेपाल – भारत को आपसी द्वन्द सृजना गराई युवाहरूलाई भारत बिरोधि अभियानमा केपी ओलिको सरकारले युवाहरुलाई गुमराह बनाएको थियोे । त्यस बेला मधेश आन्दोलन बाट उठेका माङ समेत ओलिले सम्बोधन नगर्दै मधेशीहरु बिरोधि नीति बनाई जातीयता द्वन्द सिर्जना समेत गराएको थियोे । अब यहि संविधानका धाराले नेपालमा रहेको युवाहरुको आवाज दबाउन खोज्दै छ ।

भ्रष्टाचारमा लिप्त नेता । 

नेपालका नेताहरूका छोरा छोरी बिदेश सजिलै पढ्न जाने , भ्रष्टाचारको अथाह पैसाले दैनिक मौजमस्ती गर्ने तर नेपाल बसेर समाजिक संजाल बाट आम्दानी गरि कमाउने युवाहरूलाई , समाजिक संजालमा सरकारका विरुद्ध आवाज उठाउने युवा पुस्ताको आवाज बन्द गराउन सरकारले भदौ ९ गते मन्त्रीपरिषदको बैठकले सर्बोच्च अदालतको परमादेशलाई मानेर बन्द गर्ने निर्न्णगर्‍यौ । समाजिक संजाल लाई यस अघिपनि नेपाल सरकारले चैत्र १२ गते २०८१ सालमा दर्ता हुन भनेको थियोे । नेपाल सरकारले ल्याएको कानुनमा तोकेको अनुसार गोपनियता भङ , गलत सुचना , झुठो प्रचार जस्ता कुरामा विद्युतीय एेमा १ लाख देखि ५ लाख सम्म जरिवाना व पाँच बर्ष कैद व दुबै हुने गरि कानुन बनायो यसरी युवा पुस्ताले सत्य कुरा पनि लेख्न न पाउने भन्न नपाउने प्रतिबन्ध जस्ता कानुनले जनताको आवाज दबाउन केपी ओलि सरकार विरुद्ध युवामा आक्रोस बढेको हो । यसमा सरकारमा रहेको नेपाली काङ्ग्रेस पनि उत्तिकै दोसी छ । अहिले वर्तमान सरकारमा आफ्नो मन्त्री गृहमन्त्री लाइ छोडन भन्न सक्नुपर्क्छ।

युवा पुस्तालाई रोजगार दिन नसक्ने समाजिक संजाल बाट हुने आम्दानीलाई समेत रोक्न खोज्ने कानुन ल्याउदा जनता सडक आन्दोलनमा हुने र सरकार बिस्थापित पार्न बेर हुदैन समयमा युवा पुस्ताको माङ समाजिक संजाल लाई खुल्ला गर्नुपर्छ ।

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x