१० कार्तिक २०८१, शनिबार

नेकपा एक सांसद सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधिमन्त्री ले राजीनामा दिने माग गरेका छ्न

एसीपी संवाददाता

१९ माघ २०७६, आईतवार १६:५० मा प्रकाशित

माघ १९ गते एजेन्सी ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय समितिमा भएको छलफलमा नेकपा सांसद सुदन किँरातीले सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले नैतिकताको आधारमा राजिनामा दिनपर्ने माग गरेका छन्।
‘सरकारका प्रवक्ताले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) जुनसुकै हालतमा पास हुन्छ। चाह्यो भने देशका नेताहरुलाई अमेरिकाले सुलेमानी बनाइदिन्छ भन्ने अभिव्यक्ति आपत्तिजनक छ’, उनले भने।
वक्ता बास्कोटाले एमसीसीको विषयमा गलत हल्ला फैलाइएको बताउँदै गत बिहीबार भनेका थिए, ‘अमेरिकाले चाह्यो भने जुनसुकै कुनामा पनि क्षेप्यास्त्र प्रहार गर्न सक्छ। नेपालमा बेस क्याम्प राख्नुपर्ने अवश्यकता पर्दैन। अस्ति इरानमा देख्नुभएन कसलाई हानेको ?’
‘सरकारका प्रवक्ता तथा मन्त्री बास्कोटा को उक्त भ नाइ प्रती टिप्पणी गर्दै ‘लेन्डुप दोर्जे प्रवृत्ति आत्मसमर्पण प्रवृतिविरुद्ध आपत्ति प्रकट गर्न चाहन्छु र उहाँले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ । यो विषयमा समिति र सबैको ध्यानाकर्षण गर्न चाहान्छु,’ सांसद राईले भने ।
एमसीसीका विषयमा सत्तारूढ दलभित्र पारित गर्नुपर्ने र गर्न नहुने विचारहरू व्यक्त भइरहेका छन् । जारी नेकपाको केन्द्रीय कमिटी बैठकमा समेत यो विषयले प्रवेश पाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x