नेपालगञ्जमा अनुभवी स्त्रीरोग तथा क्यान्सर विशेषज्ञ डा. अमिरून निशाको सेवा शुरु
✍️ नुर मोहम्मद अन्सारी
नेपालगञ्जका महिलाहरूका लागि नयाँ आयाम थपिएको छ । अहिले प्रख्यात स्त्रीरोग तथा क्यान्सर रोग विशेषज्ञ डा. अमिरून निशा (एमबीबीएस, एमडी) अब औपचारिक रूपमा Nepalgunj Medicare Clinic मा आफ्नो नियमित सेवा शुरु गर्नु भएको छ ।
साथै, उहाँ Sanjeevani College of Medical & Health Science मा कार्यरत विशेषज्ञ चिकित्सकका रूपमा सेवा दिइरहनुभएको छ।
महिला स्वास्थ्यप्रति समर्पित डा. निशा लामो समयदेखिको अनुभव, उच्च दक्षता र आधुनिक ल्याप्रोस्कोपिक उपचार विधिका कारण परिचित हुनुहुन्छ। उहाँले गर्भाशय, स्तन तथा महिला क्यान्सरसँग सम्बन्धित रोगहरूमा विशेष योगदान दिंदै आउनु भएको हो ।
⭐ डा. अमिरून निशाद्वाराले निम्न रोगहरु को उपचार गर्दै आउनु भएको हो ।
🔸 बाँझोपन तथा निःसन्तान दम्पतीको उपचार
🔸 महिनावारी अनियमितता तथा हार्मोन सम्बन्धी समस्या
🔸 सेतो पानी बग्ने र गुप्ताङ्ग संक्रमण
🔸 गुप्ताङ्गमा घाउ–खटिरा तथा अन्य संक्रमण
🔸 तल्लो पेट दुख्ने र पेल्भिक समस्या
🔸 गर्भवती जाँच, प्रसूति सेवा तथा सुरक्षित मातृत्व
🔸 स्तनमा गाठा–गुठीको जाँच तथा उपचार
🔸 पाठेघर र स्त्री क्यान्सर सम्बन्धी विशेषज्ञ परामर्श
🔸 ल्याप्रोस्कोपिक (पेट नफोरी) महिला रोग शल्यक्रिया
निम्न सेवामा महिला स्वास्थ्यका लागि सुरक्षित, अनुभवी र भरपर्दो उपचार अब नेपालगञ्जमा हुँदा महिलाहरु अन्यत्र जानू न पर्ने भएको हो ।
डा. अमिरून निशाको आगमनले नेपालगञ्ज तथा आसपासका महिलाहरू गुणस्तरीय स्वास्थ्य सेवाबाट अझ लाभान्वित हुने अपेक्षा रहेको स्थानीय एक जना नागरिकल भन्नू भयो ।



