नेपालगन्जको वडा नम्बर ४ मा आज निशुल्क आँखा शिबिर सन्चालन

नेपालगन्ज माघ १८ गते शनिबार । समाजिक कार्यमा अग्रसर नेपालगन्जको वडा नम्बर ४ मा शनिबार आँखा शिबिर सन्चालन हुने भएको श्रोतले जनाएको छ ।
नेपालगन्ज वडा नम्बर ४ का अध्यक्ष सफिक नद्दाफले विभिन्न समाजिक कार्यगदै आएको हुन । वडा नम्बर ४ को आर्थिक सहयोगमा आज शनिबार निशुल्क आँखा शिबिर हुन लागेको अध्यक्ष मो. सफिक बेहनाले बताए। उनका अनुसार निशुल्क आँखा जाँच शिबिर हुने र त्यसबाट आँखामा गम्भीर समस्या भएका बृद्धबृद्दाहरु पहिचान गरि उनिहरु मध्य ६० जनाको अपरेशन गरिने भएको छ।
नेपालगन्ज वडा नम्बर ४ को सहयोग तथा भिजन आँखा अस्पताल नेपालगन्जको आयोजनामा आँखा शिबिरमा सबै वडाबासीहरुलाई आँखा जाँच गराउन अध्यक्ष बेहनाले आग्रह गरेका छन्।
आँखा शिबिरमा नेपालगन्जका चर्चित आँखा विशेषज्ञ डा. प्रचण्ड गौतम सहितको टिमले आँखा जाँच गर्नेछन् ।आँखा शिबिर शनिबार बिहान १० बजे देखि सुरु हुने अध्यक्ष बेहनाले जानकारी दिएका छन् ।
