२७ आश्विन २०८३, मंगलवार

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता

एसीपी संवाददाता

३ माघ २०७७, शनिबार ०५:५५ मा प्रकाशित

भारतको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच शनिबार बिहान भेटवार्ता भएको छ।

नयाँदिल्लीस्थित अकबर रोडमा रहेको रक्षामन्त्री सिंहको निवासमा भेटवार्ता भएको हो।

भेटवार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यको समेत सहभागिता थियो।

नेपाल मामिलाका विज्ञसमेत रहेका रक्षामन्त्री सिंहले परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेटपछि भारत- नेपालको सम्बन्ध केबल सरकारमा मात्रै सीमित नभएर दुई देशका नागरिकबाट अघि बढेको बताएका छन्।

‘भारतको नेपालसँगको सम्बन्ध केबल सरकारमा मात्रै सीमित छैन । यो सम्बन्ध दुई देशका नागरिकबाट अघि बढेको छ,’ सिंहले ट्विटरमा लेखेका छन्।

नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन नयाँदिल्ली पुगेका परराष्ट्रमन्त्री ज्ञवालीले भारतमा आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गरिरहेका छन्।

मन्त्री ज्ञवाली बैठकमा सहभागी हुन बिहीबार भारत प्रस्थान गरेका थिए। उनी शनिबार साँझ नेपाल वायु सेवा निगमको विमानबाट स्वदेश फर्किने कार्यक्रम छ ।सेतोपाटी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x