१० कार्तिक २०८१, शनिबार

पाकिस्तानी सेनामा ब्याप्त भ्रष्टाचारले आर्थिक संकटमा

एसीपी संवाददाता

११ असार २०८१, सोमबार ०८:१४ मा प्रकाशित

लाहौर  , पाकिस्तान ।  बढ्दो सैन्य खर्चका कारणअहिले  पाकिस्तानमा थप आर्थिक संकट परेको छ ।  पाकिस्तानी सेनाले पछिल्लो समय गैरजिम्मेवार हिसाबले गर्दै आएको रक्षा उपकरणको खरिद एवम् सैन्य अधिकारीहरुको विदेश भ्रमणका कारण पाकिस्तानको आर्थिक अवस्था दयनीय बन्न पुगेको अल अरबिया पोस्टले उल्लेख गरेको छ ।

पछिल्लो समय पाकिस्तानको सार्वजनिक ऋण ६७० खर्ब पाकिस्तानी रुपैयाँ बराबर पुगेको छ । पाकिस्तानी सेनाले टर्की, चीनजस्ता मुलुकबाट उच्च मूल्यमा रक्षा सामग्रीको खरिद गर्दै आएको छ ।

त्यसबाहेक सैन्य अधिकारीको विदेश भ्रमणका कारण पनि ठूलो परिमाणमा राष्ट्रिय ढुकुटी रित्तिरहेको देखिन्छ । गत वर्ष पाकिस्तानी सेनाले ८ अर्ब ५२ करोड अमेरिकी डलर खर्च गरेको थियो भने यस वर्ष त्योभन्दा धेरै खर्च गर्ने अनुमान गरिएको छ ।

स्विडेनस्थित स्टकहोल्म इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटका अनुसार सन् २०११ मा पाकिस्तानको सैन्य खर्च कुल ग्राहस्थ उत्पादनको ३ दशमलब ३ प्रतिशत रहेकोमा सन् २०२० मा यो बढेर ४ प्रतिशत पुगेको थियो । विश्वमा औसत रक्षा खर्च कुल ग्राहस्थ उत्पादनको २ दशमलब ४ प्रतिशत रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x