२९ माघ २०८२, बुधबार

पाकिस्तान पराजित , हार्न थालेपछि पाकिस्तान बालर गाली गर्न थाले – अभिषेक

एसीपी संवाददाता

६ आश्विन २०८२, सोमबार ०९:१४ मा प्रकाशित

एजेन्सी –  भारतले एसिया कप २०२५ को सुपर-४ खेलमा पाकिस्तानलाई ६ विकेटले हराउदै एसीया कपमा आफ्नो जित ७-० को फरक पारेको छ  । पाकिस्तान ले पहिला खेल्दै १७२ रनको लक्ष्य दिएको थियोे ।  यो लक्ष्य भारतले १८.५ ओभरमा ४ विकेट गुमाएर जितेको हो । भारतका ओपनर अभिषेक शर्मा र शुभमन गिलले ९.५ ओभरमा १०५ रन जोडे बलियो अधार तयार पारेका थिए ।

गिल २८ बलमा ४७ रन बनाएर आउट भए र लगत्तै कप्तान सुर्य कुमार यादव आउट भएका हुन । ओपनर अभिषेकले ३९ बलमा ७४ रन बनाए, जसमा ५ छक्का र ६ चौका थिए।  तिलक वर्मा ३० र हार्दिक ७ रनमा अविजित रहदै मैच जितेका हुन ।

पाकिस्तान का तर्फ बाट साहिबजादा फरहानले ४५ बलमा ५८ र साइम अयुबले १७ बलमा २१ रन जोडे। फखर जमान १५ र हुसेन तलत १० रनमा आउट भए।

भारतिय ओपनर लाई पाकिस्तानी फिल्डरहरूले अभिषेक र गिललाई पञ्जाबीमा गाली गरेका थिए। अभिषेकले भने, ‘पाकिस्तानी खेलाडीहरू बिनाकारण बहस गरिरहेका थिए, जुन मलाई मन परेन। मैले ब्याटले जवाफ दिएँ।’ उनको विस्फोटक ब्याटिङले उनलाई खेलको  मैन अफ द मैच उत्कृष्ट खेलाडीको अवार्ड दिलायो।

पाँचौं ओभरमा हरिस रौफ र अभिषेकबिच चर्को वादविवाद भयो। गिलले हरिसलाई चौका हानेपछि हरिसले अभिषेकलाई केही भने, जसले विवाद भयो। अम्पायरले हस्तक्षेप गर्नुपर्‍यो। अभिषेकले खेलपछि भने, ‘आज सामान्य दिन थियो। उनीहरूको आक्रमण मन परेन, त्यसैले म पछि लागेँ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x