४ असार २०८३, बिहीबार

प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता जारी ।

एसीपी संवाददाता

४ असार २०८३, बिहीबार २१:१९ मा प्रकाशित

नेपालगन्जमा जारी प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता अन्तरगत आज बेलुका ३ वटा खेलहरु सम्पन्न भएका छन।
महिलातर्फ भएको पहिलो खेलमा त्रिभुवन चोक क्लब बिजयी भएको छ। त्रिभुवन चोक क्लबले बाँके गाउँ क्लबलाई शुन्यको बिरुद्ध ३ गोलले पराजित गर्न सफल भयो। त्यसैगरी महिलातर्फ कै दोस्रो खेलमा महेन्द्र पार्क क्लबले बाबू गाउँ क्लबलाई शुन्यको विरुद्ध ३ गोलले नै पराजित गर्‍यो।
त्यसैगरी पुरुष तर्फ बाँके गाउँ क्लबले त्रिभुवन चोक क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्न सफल भयो। भोलि बिहान ५ वटा खेलहरु हुने तथा बेलुका ५ बजे फाईनल खेल हुने आयोजकले जनाएको छ।
नेपालगन्ज उप- महानगरपालिकाको सहयोग तथा पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ आजदेखि नेपालगञ्जमा सुरु भएको हो। प्रतियोगितामा ४ महिला तथा ४ पुरुष टोलीको सहभागिता रहेको छ। खेलहरू लिग कम नक–आउट प्रणालीमा सञ्चालन भइरहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x