२८ बैशाख २०८३, सोमबार
प्रधानमन्त्रीबारे एमालेले राख्यो ३ आपत्ति
काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्रीबारे प्रतिनिधि सभा बैठकमा ३ आपत्ति राखेको छ ।
एमाले सांसद गुरु बरालले नियमापत्ति गर्दै ३ आपत्ति जनाएका हुन् ।
सांसद बरालले प्रधानमन्त्री शाहले सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय पोसाक नलगाएको बारे आपत्ति जनाए । ‘राष्ट्रिय पोसाकको परिपालन गर्नुपर्ने हो कि होइन । सभामुखमार्फत रुलिङको माग गर्दछु,’ सांसद बरालले भने ।
त्यस्तै एमाले सांसद बरालले नीति र कार्यक्रमको प्रधानमन्त्री शाहले बिचमै बहिष्कार गरेर हिँडेकोमा पनि आपत्ति जनाए । उनले प्रधानमन्त्रीको नीति र कार्यक्रमको दृष्टिकोण के हो भन्दै प्रश्न पनि गरे । त्यस्तै उनले प्रधानमन्त्री शाहले राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा फ्रन्ट लाइनमा बसेर संवाद र छलफल गरेकोबारे पनि आपत्ति जनाए । रातोपाटि
Subscribe
Login
0 Comments



