प्रधानमन्त्री कप महिला भलिबलको उपाधी विभागिए टिम नेपाल प्रहरीको पुलिस लाइ
नेपालगञ्जमा जारी छैठौं प्रधानमन्त्री कप महिला भलिबलको उपाधी विभागिए टिम नेपाल प्रहरीको पुलिस क्लवले अर्को विभागिय टिम सशस्त्र प्रहरीको एपिएफलाई पाखा लगाउदै चुमेको छ ।
बुधबार नेपालगन्ज रंगशालास्थित कबर्डहलमा सम्पन्न फाईनल खेलमा एपिएफलाई २५–१६, २५–१७ र २५–१८ को सोझो सेटमा पराजित गर्दै उपाधीमा कब्जा जमाएको हो ।
उपाधीसंगै प्रहरीले नगद २ लाख र उपबिजेता एपिएफले १ लाख र तेस्रो हुने नेपाली सेनाले ५० हजार नगद प्राप्त गरेका छन । तेस्रो स्थानको लागि नेपाली सेनाले न्युडायमण्डलाई पराजित गरेको थियो। प्रतियोगिताको उत्कृष्ट खेलाडीमा नेपाल प्रहरीकी उषा भण्डारी घोषित भईन ।
त्यस्तै बेस्ट ब्लकरमा सेना कि संगम महतो, बेस्ट सेटरमा प्रहरीकी कमला पुन, बेस्ट सर्भर प्रहरीकै मनिषा चौधरी, बेस्ट लिबरोमा न्यु डायमण्डकी सलिना श्रेष्ठ, बेस्ट प्रशिक्षकमा प्रहरीका रुपेश बिस्ट र बेस्ट स्पाईकरमा एपिएफकी निरुता ठगुन्ना घोषित भए ।
बिजयी खेलाडीहरुलाई राखेपका सद्स्य सचिव रमेश सिलवाल, प्रदेशसभा सदस्य कृष्णा केसी (नमुना), नेपालगञ्जका मेयर डां धवल शमशेर राणालगायतले पुरस्कार, प्रमाणपत्र, पदक तथा ट्रफी प्रदान गरेका थिए ।
बांके जिल्ला भलिबल संघको आयोजनामा प्रतियोगिता संचालन भएक।



