४ आश्विन २०८३, आईतवार

प्रहरीद्वारा छापा : संचालक तथा यौन व्यवसायमा संलग्न पक्राउ

एसीपी संवाददाता

९ बैशाख २०७८, बिहीबार १७:१२ मा प्रकाशित

‍‍‍‍‍‍‍‍‍‍‍‍नेपालगन्ज । बाँके जिल्लाको बिभिन्न स्थानका होटलहरुमा यौन व्यवसाय मौलाउँदै गएको भन्ने जनगुनासोको आधारमा बुधबार प्रहरीले छापा संचालक तथा व्यवसायमा संलग्नलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँके तथा वडा प्रहरी कार्यालय नेपालगंजका प्रमुख प्रहरी निरीक्षक डिल्ली बहादुर खड्का नेतृत्वको टोलीले नेपालगंज उपमहानगरपालिका वडा नं.२० राँझाका विभिन्न होटलबाट संचालक तथा मानिसहरुलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकाहरूको विवरण
१. जिल्ला काठमाण्डौ शंखरापुर न.पा.वडा नं.१ घर भई जिल्ला बाँके नेपालगंज २० राँझा स्थित काठमाण्डौ गेष्ट हाउसका संचालक वर्ष ४२ को नैन बहादुर भन्ने नथन बहादुर नापित
२. सोही होटल रगेष्ट हाउसबाट जिल्ला बर्दिया बढैयातालकी एक १८ वर्षीया किशोरी
३. जिल्ला बाँके नेपालगंज २० घर भई सोही स्थानमा भेरी महाकाली गेष्ट हाउस संचालन गर्ने वर्ष ४२ कि पार्वती नाथ
४. सोही होटल रगेष्ट हाउस बाट जिल्ला कैलाली लम्की चुहा नगरपालिकाकी २४ वर्षीया महिला
५. सोही होटल रगेष्ट हाउस बाट जिल्ला कैलाली धनगढी उप.म.न.पा.२ वस्ने वर्ष २८ वर्षीया महिला
६. जिल्ला बाँके नेपालगंज २० घर स्थित विकास खाजाघर बाट जिल्ला दाङ बंगलाचुली गा.पा.१ वस्ने वर्ष ३२ वर्षीया महिला
७. सोही खाजा घरबाट जिल्ला कैलाली गौरीगंगा न.पा. १० वस्ने वर्ष २२ को राजेन्द्र बहादुर अधिकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x