१३ असार २०८३, शनिबार

बरेली शरिफबाट आएका टोलीलाई इत्तेहाद नेपाल कपिलवस्तुद्वारा स्वागत

एसीपी संवाददाता

४ चैत्र २०७७, बुधबार ११:४४ मा प्रकाशित

कपिलवस्तु

छिमेकी मित्र राष्ट्र भारतको उत्तर प्रदेशको बरेली जिल्लामा रहेको दरगाहें आला हजरत बरेली शरिफ ऐतिहासिक धार्मिक मुस्लिम समुदायको आस्था केन्द्रको रुपमा चर्चित स्थल रहेको छ।

उक्त स्थलका प्रमुख सज्जादा नशीन (धर्म गुरु)हजरत  अल्लामा सुभान रजा (सुभानी मियां)को निर्देशनमा प्रतिनिधि मण्डल नेपालको विभिन्न ठाउको धार्मिक स्थलको अवलोकन र सरोकारवालासँग छलफल परामर्श समेत गर्दै कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगरमा रहेको हजरत मौलाना अतिकुर रहमान रहमतुल्लाह  अलैको मजार,एमाम अहमद रजा मिशन पब्लिक स्कूल, जामिया इस्लामिया नईमिया,जामिया बरकातिया लिलबनात कृष्णनगर नप३का धार्मिक स्थल र उक्त संस्थाका सरोकारवाला पक्षसग भेंटघाट छलफल गर्दै उक्त टोलीका सदस्यहरुले नेपाल भारतको सांस्कृतिक धार्मिक सम्बन्ध रहेको र उक्त सम्बन्धलाई अझै मजबुत गर्ने प्रतिबद्धताकासाथ आफूहरुबाट हुन सक्ने हरेक क्षेत्रमा सहयोग हुने बताएका छन् ।

यसरी सहयोग गर्ने आश्वासन दिदै यहां भ्रमण गरेका ठाउहरुका सरोकार वालालाई समेत बरेली शरिफ आउन निम्तो गरेको कुरा जामिया इस्लामिया नईमियाका अध्यक्ष नसरुल्लाह खांले बताएका छन् ।

इत्तेहाद नेपाल कपिलवस्तुका अध्यक्ष किफायतुल्लाह खांले बरेली शरिफ बाट आएका टोली लाई स्वागत गरि आफ्नो क्षेत्रमा रहे का मुस्लिम समुदाय र धार्मिक स्थल,शिक्षा,रोजगारी बारे अवगत गराउदै भने कि नेपाल भारतको सम्बन्ध रोटी बेटी को छ। बर्षो देखि सुमधुर सम्बन्ध रहे को र त्यस सम्बन्ध लाई कायम राख्नका लागि हरेक सम्भव कोशिश गर्ने प्रतिबद्धता जनाए।

 उक्त टोलीमा नायब सेखुल हदिश यादगारें आला हजरत जामिया रिजविया मञ्जरे इस्लाम बरेली का हजरत मौलाना सलिम बरेलवी, डारेक्टर रिसर्च सेन्टर र जनरल सेक्रेटरी तन्जिम उल्माय इस्लाम हिंद बरेली का हजरत मौलाना मोहम्मद सहाबुद्दीन रिजÞवी, सेक्रेटरी आला हजरत सुफी मिशन नेपालका हजरत मौलाना गुलाम मुस्तफा रजवी रहेका थिए ।

उहाँहरुसँग स्वागत भेंटघाट गर्नाका लागि मौलाना अरमान,मौलाना बसीर अहमद,नइमी जामिया बरकातिया लिलबनातका मौलाना मुस्तफा बरकाती, नूरमोहम्मद हैदर अली,मौलाना नुर मोहम्मद खालिद,मोलाना अकिल अहमद,मौलाना इन्तेजा हसन,मौलाना दाउद मिस्बाही,लगायत भद्रभलादमीहरु उपस्थित थिए ।नेपालपत्रन्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x