१२ आश्विन २०८३, सोमबार

बालमैत्री नगर बनाउन ६ बुदे प्रतिबद्धता

एसीपी संवाददाता

१८ माघ २०७८, मंगलवार ०८:०७ मा प्रकाशित

डोटीको दिपायल सिलगढी नगरपालिकालाई बालमैत्री नगर बनाउन ६ बुदे साझाँ प्रतिबद्धता गरिएको छ।
सोमबार युनिसेफ नेपालको सहयोग, दिपायल शिलगढी नगरपालिकाको सहकार्य तथा बास नेपालको आयोजनामा दिपायल सिलगढी नगरपालिकामा आयोजित स्थानिय योजना तर्जुमा प्रक्रियामा बालबालिका र युवाको सहभागिता बिषयक अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, वालवालिका तथा युवाहरुले संयुक्त रुपमा यस्तो प्रतिबद्धता गरेका हुन् ।
अन्तरक्रियामा भएको छलफल पश्चात जनप्रतिनिधी र कर्मचारीहरुले नगरपालिकालाई बालमैत्री बनाउन आवश्यक बजेट तथा कार्यक्रमको ब्यवस्थापन गर्ने, बालश्रम मुक्त अभियान सञ्चालन गर्ने, प्रत्येक टोल, वडा र नगर स्तरीय बाल क्लब सञ्जाललाई सक्रिय बनाई परीचालन गर्ने, नगरलाई चाडै कोभिड १९ पूर्ण खोप युक्त नगर घोषणा गर्न तयारी गर्ने, योजना तर्जुमा प्रक्रियामा युवा तथा बालबालिकाहरुको सहभागिता सुनिश्चित गर्ने, बालबिबाह, छाउपडी, बहुबिबाह लगायतका प्रथाहरुको अन्त्य गर्न नगरपालिकाले आवश्यक निति, कार्यक्रम र बजेटको ब्यवस्थापन गर्ने सहमति भएको छ ।
वालवालिका तथा युवाहरुले राखेका प्रश्न तथा जिज्ञासाहरुको जवाफ दिदै नगरपालिका उपप्रमुख शिबराज खड्का, प्रमुख प्रशासकिय अधिकृत खेमराज गुरुङ, वडा अध्यक्षहरु, विभिन्न शाखाका शाखा प्रमुखहरुले संयुक्त प्रतिबद्धता गरेका छन् ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर उपप्रमुख शिबराज खड्काले नगरलाई बालमैत्री नगर बनाउन नगरपालिका लगाडी बढ्ने प्रतिबद्ध गरे। उनले बालमैत्री नगर बनाउन आवश्यक निति, कार्यक्रम र बजेटको आवश्यक ब्यस्थापन गर्ने बताए । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज गुरुङले दिपायल सिलगढी नगरपालिकालाई डोटीको पहिलो बालमैत्री नगर बनाउने गरी योजनाका साथ अगाडी बढ्ने प्रतिबद्धता गरे । कार्यक्रममा वडा अध्यक्षहरु, नगरपालिका युवा शिक्षा तथा खेलकुद शाखा प्रमुख शंकर सुचिकार, महीला तथा बालबालिका शाखाका सानुमायाँ लिम्बु लगायतले बोलेका थिए ।
कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी, बालक्लवका पदाधिकारी, युवा सञ्जालका पदाधिकारी र सरोकारवाला गरी ३० बढीको सहभागित रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x