८ कार्तिक २०८१, बिहीबार

बिद्यार्थी माथी कुटपिट भएको घटना प्रती विद्यार्थी संघ द्वारा कार्यवाहीको मांग

एसीपी संवाददाता

२३ पुष २०७६, बुधबार ०५:३६ मा प्रकाशित

नेपालगन्ज बाँके, पुस २३

आदर्श मा. बि. नेपालगन्ज कक्षा १२ मा अध्यनरत १८ वर्षीय प्रिन्सु हमाललाई शिक्षक द्वारा दुव्र्यवहार(कुटपिट ) भएको छ । सो विषयमा बिद्यार्थी संघले शिक्षक लाई कार्वाही गर्ने मांग गरेको छ ।
नेपाल विद्यार्थी संघले विद्यार्थी माथी भएको घटनाले गम्भीर ध्यानाकर्षण गराएको बेहोरा जनाएको छ । कोहलपुरका हमाल सोमबार शिक्षकबाट कुटिएका हुन्। आदर्श माबीका कम्प्युटर शिक्षक भानुभक्त रेग्मीले बिनाकारण हमाल माथि कुटपिट गरेको भन्दै उनले बताएका छन ।

हमाललाई डायरियाको समस्या भएको हुनले सौचालय जान खोज्दा भए पनि परीक्षा गार्डले अनुमति दिएका थिएनन् । दुई घण्टा भएपछि खपि नसक्नु भएर परीक्षा हलबाट निस्किएर शौचालय तिर लागे र पछाडि बाट कम्प्युटर शिक्षकले टाउको मा हिर्काएको उनले बताए ।

शिक्षकले ११ कक्षामा हुँदा पनि उनलाइ दुव्र्यवहार गरेको पनि बताए । सोधपुछ गर्ने क्रममा शिक्षक रेग्मीको संकी स्वभावले पीडित भएको विद्यार्थीले बताएका छन्।

आफू लाई सरले किन त्यस्तो गरेको प्रशन राख्दा ‘उल्टै मुखमुखै लाग्छस्’ भन्दै घाँटीमा समाउँदै कुटेको उनले बताए।१५ मिनेट शिक्षकको कुटाइ खाएका प्रिन्सुको घाँटी, टाउको र खुट्टामाचोट लागेको छ र किन पिट्नु भो भन्दा शिक्षकले जवाफ नदिई लात्तैलात्तले कुटेको उनले बताएका छन ।
कक्षा १२ मा पढ्ने नवीनले, ‘कलेजका प्रिन्सिपलले रेस्टिगेट गर्दिन्छु भनेर धम्की पनि दिएका छन्। हामीमाथि अन्याय भएको छ। भन्दै जिल्ला प्रहरीमा उजुरी दिएका छन ।
पीडित हमालको घाँटीमा नीलडाम र टाउकोमा चोट छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी वीरबहादुर ओलीले हमाल लगायतका केही विद्यार्थीले शिक्षकले कुटपिट गरेको भन्दै उजुरी दिएको बताए। ‘पीडितको अवस्था हेर्दा कुटाइ खाएको देखिन्छ, उनले भने, ‘छानबिन गरेरै कानुनी प्रक्रिया अपनाउनुपर्ने बताएका छन ।
विद्यार्थी संघका सभापति अनुज वर्माले विद्यार्थीलाई नराम्रो हर्कत- कुटपिट गर्ने शिक्षकलाई कडा कार्वाही गर्ने मांग गरेका छन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x