८ कार्तिक २०८१, बिहीबार

बैंकले बिद्यालयमा गर्यो सामाजिक काम महालक्ष्मी बिकास बैंकको सहयोगले बिद्यार्थी खुसी

एसीपी संवाददाता

८ फाल्गुन २०७६, बिहीबार १०:०२ मा प्रकाशित

कपिलबस्तु फागुन ८
महालक्ष्मी विकास बैंकको पकडी शाखा कार्यालयले बिद्मालयलाई खेलकुदका लागी हजार्रौको मनोरञ्जनात्मकको सामाग्री प्रदान गरेको छ ।
महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरु गर्र्दै आइरहेकोले सोही कार्यलाई निरन्तरता दिँदै महालक्ष्मी विकास बैंकको पकडी शाखा कार्यालयले शुद्दोधन गॉउपालिका वार्ड नं. ०२, कपिलवस्तु स्थित श्री माध्यामिक बिद्मालय श्रीनगर, धतुरगढ लाई ३० औ बार्षिक उत्सबको अबसरमा बिद्मालयमा अध्ययनरत ४१६ छात्र छात्राका लागी अतिरिक्त क्रियाकलाप (मनोरञ्जन)मा दिर्धकालिन सहयोग पुग्ने उद्देश्यले बिद्यार्थीहरुका लागि उक्त बिद्यालयसंगको साझेदारीमा रु. २८,०००÷– (अक्षरुपी अठ्ठाइस हजार मात्र) सहयोग गर्दे रु. ४५,०००÷– बराबरको १ थान झुला(पिङ्ग) र १ थान चिप्लेटी निर्माण गरि शुद्दोधन गाउ‘पालिका अध्यक्ष श्री निसार अहमद खॉ मार्फत बिद्यालयका प्र.अ. श्री अरबिन्द कुमार श्रीवास्तबलाई हस्तान्तरण गरेको छ । ३० औ बार्षिक उत्सबमा बैंकद्वारा आयोजित हस्तान्तरण कार्यक्रममा गाउ‘पालिका अध्यक्ष श्री निसार अहमद खर्ॉ, उपाध्यक्ष श्रीमती सुधादेबी पाण्डेय, गाउ‘पालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री कृष्ण प्रसाद ज्ञवाली, ५ नं. प्रदेश सभासद श्री सहसराम यादब, बिभिन्न बिद्यालयका प्रधानअध्यापक, कर्मचारी, समाजसेवी, अभिभावक, लगायतको उपस्थिति रहेको थियो, उक्त कार्यक्रम मार्फत शाखा प्रबन्धक श्री दिपेश्वर अर्यालले सहयोग सामग्री हस्तान्तरण गर्दै शिक्षाको बिकासमा सबैको सहभागिता जरुरी रहेको औल्याउदै बैंकको सहयोगले बिधालयमा अध्ययनरत छात्र छात्रा तथा अभिभावकहरुमा खुसी छाएको ब्यक्त गर्नुका साथै आगामि दिनमा समेत बैंकले यस क्षेत्रमा यस्तै किसिमका सामाजिक कार्यहरु निरन्तर रुपमा गरिरहने जनाएका छन् । शुद्दोधन गाउ‘पालिका अध्यक्ष निसार अहमद खॉले यस शुद्दोधन गा.पा. अन्तर्गतका कुनैपनि बिद्यालयमा यस्ता सामग्री नरहेकोमा बैंकको कार्य उदाहरणीय तथा प्रसंसा योग्य रहेको बताउदै अगामि दिनमा समेत यस्तै कार्यक्रममा जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रममा ५ नं. प्रदेश सभासद श्री सहसराम यादबले सामाजिक काममा यस क्षेत्रको पहिलो सुरुवात महालक्ष्मी बिकास बैंकले गरेकोमा खुसि ब्यक्त गर्दै‘ बिभिन्न संध संस्था सामाजिक काममा लागि अगाडी बढ्नु पर्नेमा जोडदिदै बैंकलाई धन्यवाद ज्ञापन समेत गर्नुभयो । कार्यक्रममा सम्पुर्ण बक्ताहरुले बैकले गरेको यस महान कार्यको खुलेर प्रसंसा गरेका थिए ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरु मा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या करिब पाँच लाख रहेको छ । बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x