१४ भाद्र २०८३, आईतवार
भारतबाट नेपाल आइपुग्यो सुरुङ उद्धार र फरेन्सिक विज्ञहरूको टोली
काठमाडौं । नेपालमा पछिल्लो समय देखिएको विपद् तथा उद्धारसम्बन्धी चुनौतीलाई मध्यनजर गर्दै भारतबाट सुरुङ उद्धार तथा फरेन्सिक विज्ञहरू सम्मिलित विशेषज्ञ टोली नेपाल आइपुगेको छ।
भारतीय वायु सेनाको विमानमार्फत आएको टोलीसँगै उद्धार कार्यमा आवश्यक राहत तथा उद्धार सामग्री, उपकरण र प्राविधिक स्रोतसाधन समेत ल्याइएको छ।
विशेषज्ञ टोलीले आजैदेखि उद्धार तथा प्राविधिक कार्यमा सहभागी हुने तयारी गरेको छ। सुरुङ तथा जोखिमपूर्ण संरचनामा उद्धार, खोज तथा प्राविधिक मूल्यांकनका साथै आवश्यक फरेन्सिक सहयोग उपलब्ध गराउने टोलीको उद्देश्य रहेको बताइएको छ।
Subscribe
Login
0 Comments


