मौसममा पुर्ण परिवर्तन, बेलुकी देखि देशैभर पानी र हिउँ पर्ने
बाँके, पौष २१
पश्चिमी वायु सक्रिय हुँदा नेपालमा फेरि हिउँदे बर्षा गराउने हावा प्रवेश गरेको छ। पश्चिम क्षेत्र बाट प्रवेश गरेको यो हावाले देशभर बर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पार्ने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।

सोमबार दिउँसो देखि नै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पश्चिमी क्षेत्रमा देखिने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीन कुमार अर्यालले जानकारी दिएका छन्। यसको प्रभाव मङ्गलबार थप बढेर पश्चिम, मध्य र पूर्वी हिमाली भेगमा बर्षा हुने तथा उच्च पहाडी भेगमा हिमपात हुनेछ। यति खेर भने देशका पश्चिमी र पूर्वी पहाडी भूभागहरुमा मौसममा आंशिक बदली मात्र रहेको र बाँकी क्षेत्रको मौसम सामान्यतयाः सफा रहेको मौसमविद् अर्यालले बताएका छन्। उनका अनुसार सोमबार दिउँसो देशका पश्चिमी र पूर्वी भेगका केही स्थानमा हल्का बर्षा हुनेछ। पानी र हिउँ पर्ने तथा छर्लङ्ग घाम नलाग्दा यति खेर देशैभर अत्याधिक चिसो महशुस गरिएको छ।



