१२ असार २०८३, शुक्रबार

यस्तो संवेदनहीनता

एसीपी संवाददाता

६ भाद्र २०८१, बिहीबार १२:४३ मा प्रकाशित

शाहिदा बानो शाह , नेपालगन्ज –    भारतको पश्चिम बंगालमा एक जना महिला डाक्टर मौमिताको बलात्कार र विभत्स हत्या गरिएकोछ । सारा संसार उनको न्यायका लागि गुहार गरिरहेको छ । यस्तो दुखदायी हृदय विदारक क्षणमा यहाँ केही यस्ता मानसिक रोगीहरु छन् जसले तिनको फोटो राखेर ज्ञान झाड्दैछन् कि महिलालाई शिक्षा हासिल गर्नु जरूरी छैन् । जति शिक्षा हासिल गरे पनि एक महिलाले आफ्नो सुरक्षा गर्न सक्दैन् । तसर्थ महिलालाई सुरक्षित रहनका लागि घरमा बस्नुपर्छ रे । म तिनलाई मानसिक रोगी नै भन्छु किनकि उनीहरुले यो यस कारण भनिरहेकाछन् कि उनलाई एक महिलाले भोग्नु पर्ने समस्या थाहा छैन् । यहाँ यस्ता घर पनि छन् जहाँ घरमै ६ महिनाकी बालिका बलात्कृत भएकीछिन् । ९० वर्षीय आमा बलात्कृत भएकीछिन् ।

महिला बलात्कृत हुनु महिलाको दोष होईन् पुरुषको रुपमा रहेका पिशाचहरुको राक्षसीपना हो । जसले ती मृतक डाक्टर मौमिताको फोटो राखेर महिलालाई घरमा बस्ने ज्ञान दिदैँछन् ।
तिनको लागि म यति मात्र भन्न चाहन्छु “अरुको क्षेत्रका महिलाको विषयमा कुरा छाड्दिनुस् । बच्चा त हर घरमा जन्मिन्छन् र क्रीटकल डेलिवरी कन्डिशनमा आफ्नो छोरी बैनी आमा र पत्नीको लागि महिला गायोनोलाजिस्ट खोज्नु हुन्छ कि नाई?”

यदि महिला डाक्टरको बारेमा यदि गैरजिम्मेवार भएर लेख्दै हुनुहुन्छ भने एक पटक आफ्नो घरकी महिलालाई तिनको स्थानमा राखेर अवश्य सोच्नुहोला । तपाईहरुको बोली, विचार र धारणा बद्लिहाल्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x