रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक समूहलाई वन पैदवार व्यवसायी संघको सहयोग गर्ने प्रतिबद्धता

सोम, माघ ६, नेपालगन्ज / नेपाल वन पैदवार उद्योग व्यवसायी संघले नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा ललितकुमार रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहलाई सहयोगको प्रतिबद्धता जनाएको छ ।
संघका अध्यक्ष सुरेश चन्दले ललित रौनियार नेतृत्वको प्यानललाई विजयीको शुभकामना दिदै सहयोगको प्रतिबद्धता जनाउनुभएको हो । रौनियार प्यानल चुनावी घरदैलोमा व्यस्त छ । यही माघ ११ गते हुने नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा ललितकुमार रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको चुनावी प्रचार–प्रसारका लागि व्यवसायी महिलाहरु घरदैलोमा निस्किएका छन् । उद्योगी व्यवसायीहरुको सुरक्षा र सम्मान गर्ने, उद्योग बाणिज्य संघप्रति उद्योगी व्यवसायीहरुको घट्दै गएको विश्वास पुनः फर्काउनेलगायतको एजेण्डासहित ७ पृष्ठ प्रतिबद्धता–पत्र सार्वजनिक गरे लगत्तै रौनियार समूहले घरदैलोलाई तीब्र पारेको छ । कमल पोख्रेलको संयोजकत्व तथा आशा विष्टको सहसंयोजकत्वमा महिला प्रचार प्रसार समूहमा आवद्ध महिला उद्योगी व्यवसायीहरुले नेपालगन्जका विभिन्न स्थानमा घरदैलो गरेको छन् ।
नेपालगन्ज साविक मध्यपश्चिमको एतिहासिक व्यापारीक नगरी भएकाले यसक्षेत्रको आर्थिक विकासका लागि रौनियार प्यानललाई जिताउन सम्पूर्ण उद्योगी, व्यवसायीलाई आग्रह गरेको छ। साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले उद्योग उपाध्यक्षमा तपेन्द्र विक्रम शाह र बाणिज्य उपाध्यक्षमा अमित बस्नेतलाई अघि सारेको छ । यस्तै अजय कुमार टण्डन, सुुनिल सिंघल, बिन्दु चर्तीमगर, टेकबहादुर खड्का, बदरुदिन अन्सारी, बिष्णु प्रसाद श्रेष्ठ, टंक प्रसाद शर्मा, मख्खन बहादुर धामी, सन्तोष कुमार बैश्य, तेजनारायण कँडेल, दिपेन्द्र राज श्रेष्ठ र सुरेन्द्र सिंह सरदार सदस्य पदका उम्मेदवार रहनुभएको छ।

