लघुवित्त तथा वित्तीय शोषण विरुद्ध श्रावण १० प्रदर्शन
पिपुल्स फोर्स नेपाल ले लघुवित्त तथा वित्तीय शोषण विरुद्ध किसान मजदुर आन्दोलन नेपाल द्वारा काठमाडौंमा प्रदर्सन गर्ने सहभागिता रहने जनाएको छ । श्रावण १० गते केन्द्रिय कार्यक्रम अनुसार काठमाडौंको बल्खु देखि प्रदर्शन हुने कार्यक्रममा आफ्नो एक्यवद्धता हुने केन्द्रीय महासचिव दामोदर ढकालले जानकारी दिएका छ्न । उक्त बिरोध कार्यक्रममा केन्द्रीय आन्दोलनप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै उक्त आन्दोलनमा सक्रिय रूपमा सहभागी हुने समेत निर्णय गरेको छ।
यस अवसरमा सम्पूर्ण लघुवित्त तथा वित्तीय शोषणबाट पीडित दिदीबहिनी, दाजुभाइ तथा आम नागरिकहरूलाई आफ्नो हक, अधिकार र न्यायको सुनिश्चितताका लागि शान्तिपूर्ण रूपमा आन्दोलनमा सहभागी भई आफ्नो आवाज बुलन्द गर्न हार्दिक आह्वान गर्दछौँ।
वित्तीय शोषण, अन्याय र उत्पीडनविरुद्ध एकताबद्ध भएर संघर्ष गरौँ। संगठित जनशक्तिमार्फत न्याय, समानता र सम्मानपूर्ण जीवनको अधिकार स्थापित गरौँ भन्दै पिपुल्स फोर्स का केन्द्रिय अध्यक्ष उमेश कोरीले आव्हान गरेकोले हाम्रो पुर्ण समर्थन रहने जनाएको मिटर ब्याज तथा मजदुर किसान आन्दोलन नेपाल जिल्ला इन्चार्ज जि नुरैन मुल्तमिस ( साहिल हल्वाई ) ले बताएका छ्न ।


