२ आश्विन २०८३, शुक्रबार

लायन्स कल्ब अफ कृष्णनगर द्वारा निशुल्क आखां जांच शिविर सम्पन्न

एसीपी संवाददाता

२५ पुष २०७८, आईतवार १२:४० मा प्रकाशित

 

अजय मिश्र, कृष्णनगर

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ स्थित उद्योग वाणिज्य संघ कृष्णनगरको हालमा लायन्स कल्ब अफ कृष्णनगर ले निशुल्क आंखा शिविर लायन्स कल्ब अफ कृष्णनगर अध्यक्ष श्याम कुमार मिश्रको अध्यक्षता मा कार्यक्रम गरेको छl जस्को सह आयोजकमा लुम्बिनी आई इन्स्टिट्यूट श्री रणम्बिका शाह आंखा अस्पताल शाखा कृष्णनगरको संयुक्त आयोजना रहेको थियोl

कार्यक्रमका प्रमुख अतिथि रजत प्रताप शाह विशिष्ट अतिथि लायन्स रिजन चेयर पर्शन लायन ओमकार अचार्य, डिस्ट्रिक्टका दिपक श्रेष्ठ रहनुभयो l
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा वडाध्यक्ष संजय गुप्ता ले कार्यक्रम सफलताको कामना गर्नुभयोl
कार्यक्रम लाई सम्बोधन गर्दै कार्यक्रमका कैम्प चेयरमैन तथा को चिप डिस्ट्रिक्ट एडवाइज दिनेश चन्द गुप्ताले निशुल्क आखां शिविर चौबीस बर्ष देखि निरन्तर सामाजिक क्षेत्रमा काम गर्दै आएको बताउदै कार्यक्रममा सहयोग तथा योगदान दिने सम्पूर्ण सहयोगी हातलाई हृदय देखि धन्यवाद दिए l निशुल्क आंखा शिविर कार्यक्रममा ४८० जनाको आखां परिक्षण गरिएकोमा १०३ जनाको मोतियाबिंद को आपरेशन निशुल्क हुने लायन्स कल्ब अफ कृष्णनगर अध्यक्ष श्याम कुमार मिश्रले जनाएका छन् l कार्यक्रममा लायन्स कल्ब का सदस्यहरू, जनप्रतिनिधि, समाजसेवी, सुरक्षाकर्मी, पत्रकार लगायत लाई मायाको चिनो र सम्मान पत्र प्रदान गरिएको थियोl

कार्यक्रममा लायन अनिल कुमार, लायन विजय गुप्ता, लायन असलम खान, लायन टिका बहादुर, लायन अंशूल गुप्ता, लायन उमाशंकर, लायन शिवा घिमिरे, फैसल खान लगायत समाजसेवी पत्रकार जनप्रतिनिधि, सुरक्षाकर्मी हरूको उपस्थित रहेको थियोl

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x