१४ मंसिर २०८०, बिहीबार

लालझाडीको बैजनाथ बहुभाषिक आधारभूत विद्यालयमा दिवा छात्रावास सञ्चालन

एसीपी संवाददाता

११ माघ २०७६, शनिबार १०:४४ मा प्रकाशित

हरिश चन्द्र बाग, कञ्चनपुर, ११ माघ । कञ्चनपुरको लालझाडी गाउँपालिका स्थित बैजनाथ बहुभाषिक आधारभूत विद्यालयमा दिवा छात्रावास सञ्चालन गरिएको छ । विद्यालयका प्रधानाध्यापक सुरेन्द्र बहादुर बोहराका अनुसार विद्यार्थीहरूको पढाइलाई थप गुणस्तरीय बनाउन गत सोमबारदेखि दिवा छात्रावास सञ्चालन गरिएको हो । दिवा छात्रावास विद्यालय समय बाहेक बिहान छ बजेदेखि साँझ छ बजेसम्म सञ्चालन हुँदै आएको छ ।

गत शैक्षिक सत्रमा लालझाडी गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरू मै उत्कृष्ट नतिजा ल्याउन सफल भएको बैजनाथ बहुभाषिक आधारभूत विद्यालयमा विद्यार्थीहरूको शैक्षिक गुणस्तरलाई थप मजबुत बनाउन अभिभावकहरूको सुझावमा उक्त कार्य थालनी गरिएको बताइएको छ । यस वर्ष पनि विद्यालयले गाउँपालिका भरिनै उत्कृष्ट नतिजा ल्याउने दाबी गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x