१७ कार्तिक २०८१, शनिबार

वडा नं. ५ मा ३ महिने सिलाई कटाई तालिम सुरु

एसीपी संवाददाता

१४ माघ २०७६, मंगलवार ०५:५८ मा प्रकाशित

लक्ष्मी तिमिल्सेना – माघ १४ गते नेपालगन्ज ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ५ मा ३ महिने सिलाई कटाई तालिम सोमवारदेखि सुरु भएको छ । सुरु भएको सिलाई कटाई तालिम बैशाखसम्म चल्ने वडा नं. ५ को वडा कार्यालयले जनाएको छ । शान्ति सहिष्णुता तथा महिला सशक्तीकरण कार्यक्रम अन्तरगत वडा नं. ५ मा ३ महिने बेशिक सिलाई कटाई तालिम सुरु भएको हो । फातिमा फाउण्डेशन नेपाल महिला तथा बालवालिका नेपालगन्जको आयोजनामा सुरु भएको सिलाई कटाई तालिमको उद्घाटन वडा नं. ५ का वडा सदस्य साहिद हल्वाईले व्यानर पढेर उद्घाटन गर्नुभएको थियो । उद्घाटन सत्रलाई सम्बोधन गर्दै वडा कार्यालयका सचिव इन्द्र बहादुर केसीले तालिम सिकेपछि तालिमको सदुपयोग गर्न आग्रह गर्नुभयो । तालिम लिनु ठुलो कुरा होइना यसलाई सदुपयोग र व्यवहारमा उतार्न अति आवश्यक रहेको उहाँले बताउनुभयो ।
तालिममा केही कमि कमजोरी भए वा तालिममा सिकाई उपलव्धी नभए जानकारी गराउन उहाँले आग्रह गर्नुभयो । तालिमपछि सिकाईलाई कार्यन्वयनमा ल्याउन अर्का वडा सचिव राजुसिंह सिजापतिले जानकारी गराउनुभयो । वडाबाट छनोटमा परेका महिला दिदीवहिनीहरुलाई लक्षित गरि दिईएको तालिमको सदुपयोग गरि फाइदा लिन उहाँले आग्रह गर्नुभयो ।
फातिमा फाउण्डेशन नेपालका कार्यवाहक अध्यक्ष मैमुना सिद्दिकीले वडावासीकै माग अनुसार तालिम प्रदान गरिएको हुनाले यसको सदुपयोग गर्ने जिम्मा वडावासीहरुकै रहेको उहाँले बताउनुभयो ।
फातिमा फाउण्डेशन नेपालका कार्यवाहक अध्यक्ष मैमुना सिद्दिकीको अध्यक्षतामा भएको बेसिक सिलाई कटाई तालिमको सहयोग वडा नं. ५ ले गरेको छ । कार्यक्रममा २० जनाले सिलाई कटाई तालिम लिईने आयोजकले जनाएको छ । तालिमको प्रशिक्षण खुमा आचार्यले गर्नुहुने छ भने कार्यक्रममा वडा सदस्यहरु, सचिव, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x