१६ जेष्ठ २०८३, शनिबार

विभिन्न कम्पनी दर्ता गरि चीनबाट आएको ब्यापारी सुन तस्करी

एसीपी संवाददाता

६ श्रावण २०८०, शनिबार १३:३२ मा प्रकाशित

झण्डै १ क्वीन्टल सुन तस्करी गरेको आरोपमा बिहीवार पक्राउ परेका चिनियाँ नागरिक जिक्वाङ लिन पछिल्लो ७ महिनादेखि नेपालमा बिजनेश भिसामा बस्दै आएको खुलेको छ ।

अध्यागमन विभागको उच्च स्रोतले लोकान्तरलाई दिएको जानकारी अनुसार उनी काठमाडौंको महाराजगञ्जस्थित ल्याण्ड लाइन ओसियन इन्टरनेसनल लजिस्टिक प्रालि नामक कम्पनीको बिजनेश भिसा लिएर ७ महिनाअघि नै नेपाल आएका खुलेको छ ।

उनी २०२२ डिसेम्बर १३ मा नै चाइना साउदर्नबाट नेपाल आएका थिए । पछिल्लो पटक उनको भिसा मे ११ मा सकिएपछि अगस्तसम्मका लागि भिसाको म्याद थप गरिएको थियो ।

भिसाको म्याद सकिन २० दिनजति बाँकी नै हुँदा बिहीवार चीन फर्किन लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र प्रस्थान गरिसकेका बेला अध्यागमन कार्यालयले नियन्त्रणमा लिएर राजस्व अनुसन्धान विभागमा बुझाएको छ ।  ई ९४४६५५८ राहदानी नम्बर भएका चिनियाँ नागरिक सुन तस्करी प्रकरणमा संदीग्ध रहेको भनी विभागबाट अध्यागमन कार्यालयलाई दिइएको सूचनाको आधारमा चीन फर्किनै लाग्दा अध्यागमन कार्यालयका कर्मचारीले बिहीवार साढे ११ बजे पक्राउ गरेका थिए । उनी नेपाल आएपछि निरन्तर बसेका थिए ।  लोकतन्तर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x