समाजिक अभियन्ता एवं नेता तेज बिक्रम शाह
मैले आफ्नो जवानीको १० वर्ष (२०५७ देखि २०६७) सम्म नेपालमा असुरक्षित तवरले थन्क्याएर राखिएका मानव स्वास्थ्यको लागि अत्यन्तै हानिकारक (नेपालगजको रामलिला मैदान स्थित शहकारी संस्थामा २७५ क्विन्टल र कपास बिकास समितिको गोदाममा ७८ क्वीन्टल बिशादी) ब्यबस्थापनको लागि निरन्तर दबाबमुलक अभियान मार्फत खबरदारी गर्दा तत्कालीन नेपाल सरकार सङ्ग ३ बुदे सम्झौता भएको थियो। सो सम्झौता अनुसार नेपालका सम्पुर्ण स्थानमा रहेका बिशादीहरुलाई जर्मनी पुरयाएर बिसर्जन गरिएको थियो ।
२) यसरीनै बाकेको खजुरा बजार नजिकको किरण नालामा कर्णाली डिस्टिलरीले आफ्नो मदीराजन्य फोहर जथाभावी फालेर खोलाको जैबिक बिबिधता समाप्त गरिएको अबस्थामा ५ वर्ष सामाजिक आन्दोलन गरेर उक्त समस्या समाधान भएको थियो।
३) नेपालगन्जको बिरेन्द्रचोकमा ३०६२/०६३ को आन्दोलनमा भत्काईएको राजा बीरेन्द्रको शालिक पुनर्स्थापना गर्न ३ वर्ष सफल अभियान सन्चालन गरेको परिणामस्वरूप अहिले बीरेन्द्र चोकमा राजा बिरेन्द्रको पुर्ण कदको शालिक पुनर्स्थापित भएको छ।
४) चौथो अभियान के ?
नेपालगन्ज शहरको मध्य भागमा औधोगिक क्षेत्र रहेको छ जसको प्रदुषण का कारण बालबालिका , बृद्ध र सम्पुर्ण नेपालगन्जबासीको स्वास्थ्यमा गम्भीर रुपले असर पुरयाईरहेको छ।
तसर्थ, नेपालगन्जबासीलाई औधोगिक प्रदुषणबाट बचाउनको लागि औधोगिक क्षेत्रलाई स्थानान्तरण गरेर पर्यावरणमैत्री बाल उद्द्यान बनाउनु पर्छ भन्ने मेरो चौथो अभियान रहेको छ।
नेपालगन्ज शहरलाई सुन्दर बनाउनु छ जुन शहर बिचमा एउटा हरियाली पार्क हुने छ जुन बालमैत्री, बृद्धमैत्री र सबैको लागि गर्व गर्न लायक स्थान हुनेछ।
यसै प्रसङ्गमा मैले मिति: २०८३/०४/०८ मा जिल्ला प्रशासन कार्यालय, बाकेमा ७ बुदे माग सहितको ज्ञापन पत्र बुझाएको आम जनतालाई थाहा छ ।


