१० कार्तिक २०८१, शनिबार

समानताको सिद्धान्तविपरीत राज्य जान लागेको – पौडेल

एसीपी संवाददाता

२७ माघ २०७६, सोमबार ०४:१५ मा प्रकाशित

माघ २७ गते एजेन्सी । नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समानताको सिद्धान्तविपरीत राज्य जान लागेको बताएका छन् । पत्रकारसँग आइतबार चितवनमा कुराकानी गर्दै उनले सरकार नागरिक सबै बराबर हुन भन्ने उद्देश्यले अघि बढ्नुपर्नेमा पक्षपाती भएको टिप्पणी गरे ।
नेता पौडेलले प्रदेश सरकारले गरेको निर्णय माथि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबीन गर्न नपाउने गरी गलत मनसायबाट विधेयक ल्याउन लागेको जिकिर गरे । यसले लोकतन्त्रलाई कमजोर बनाउने उनको भनाइ थियो । उनले भने, ‘लोकतन्त्रको सट्टा धनतन्त्रतर्फ देशलाई लान खोजियो ।फरक प्रसङ्गमा उनले पार्टीभित्र वैचारिक द्वन्द्व भए पनि अहिले केही हदसम्म समाधान भएको बताए । आफू पार्टीभित्र विकृतिको अन्त्य गर्नुपर्छ भन्ने पक्षमा रहेको उनको भनाइ थियो ।
उनले भने, ‘पार्टीभित्र धेरै ठाउँमा विकृति विसङ्गति रहेको छ । त्यसको अन्त्य हुनुपर्छ ।’ राजनीतिलाई सम्मानको क्षेत्र बनाउनुपर्ने भन्दै उनले सुशासन, पारदर्शीता र विकृतिरहित बनाउन आवश्यक रहेको बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x