सरकारको निर्णय विरुद्ध नारा जुलुस,निर्णय सच्याउन माग
नेपालगन्ज १६ गते । ब्याक्तिगत जग्गालाई बागेश्वरी मन्दिर नेपालगन्जको नाममा फिर्ता गर्ने नेपाल सरकारको निर्णयबिरुद्ध बिहीबार दोश्रो दिन पनि नेपालगन्ज उपमहानगर पालिका कार्यलय नेपालगञ्जमा प्रदर्शन गरेका छ्न । बाँकेको जानकी–३ स्थित ८४ बिगाह जग्गा बागेश्वरी मन्दिरको नाममा गर्ने नेपाल सरकारले तयारी गरेपछि जग्गा धनीहरु आन्दोलनमा उत्रिएका छन् ।
सदिंयौंदेखि तिरो तिर्दै आएको जग्गा एक्कासी मन्दिरको नाममा भएको भन्दै सरकारले फिर्ता लिने तयारी गरेपछि सो जग्गाका धनीहरुले बुधबारबाट नेपालगञ्जमा आन्दोलन शुरु गरेका हुन
बिहीबार नेपालगञ्जमा प्रदर्शन गर्ने क्रममा करमोहनाका स्थानीयबाशिहरुले मन्त्रीपरिषदको निर्णय खारेज गर, भुमाफिया मुर्दाबाद, गुठी रैतानी नम्बरीबाट तैनाती गर्न पाइदैन, गुठी रैतानी नम्बरी जग्गा हाम्रो हो, सहित विभिन्न नारा लगाउदै सरकारी निर्णय हचुवाको भरमा हो । यसरी
सरकारले हचुवाका भरमा भोग गर्दै आएको व्यक्तिको जग्गाका बारेमा सत्य तथ्य जाँचबुझ गरेर मात्र निर्णय गर्न आन्दोलनरत व्यक्तिहरुले आग्रह गरेका छन् ।
गुठी जग्गा संरक्षण सम्बन्धि आयोगले व्यक्तिको नाममा रहेको मन्दिरको जग्गा फिर्ता गर्नुपर्ने सुझाव पेश गरेपछि जानकी ३ करमोहनाका जग्गाधनीहरुले आन्दोलन शुरु गरेका छन् । हजारौं स्थानीयहरुले नेपालगञ्जको बिभिन्न भागको परिक्रममा गरी जिल्ला प्रशासन कार्यालय अगाडी समेत केहीबेर प्रदर्शन गरेका हुन ।
करमोहना गुठी रैतान नम्बरी जग्ग संघर्ष समिति निर्माण गरेर सरकारबिरुद्ध सडक आन्दोलन गर्न बाध्य भएको बताएका छन् ।यहाँ प्रस्न येति धेरै बर्ष सम्म मन्दिरको ब्यवस्थापन तथा समितिले के हेर्यो र यदि नेपाल सरकारले निर्णय गर्ने बेला इ स्थानीयहरु किन जानकारी भएन ।



