२२ श्रावण २०८३, शुक्रबार

सरकारी स्तरको समझदारी गरेर रासायनिक मल बिक्री गर्न भारत सहमत

एसीपी संवाददाता

११ माघ २०७७, आईतवार १७:४९ मा प्रकाशित

फाईल तस्बिर

नेपालसँग गभर्नमेन्ट टु गभनर्मेन्ट ‘जीटुजी’  (सरकारी स्तरको) समझदारी गरेर रासायनिक मल बिक्री गर्न भारत सहमत भएको छ । गत माघ २ गते भारतमा सम्पन्न नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपालले राखेको मल खरिदमा जीटूजी गर्ने प्रस्तावमा भारतले सहमति जनाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । अहिले ग्लोबल टेण्डर मार्फत नेपालले मल खरिद गरिरहेको छ ।

तीन वर्षअघि नै भारतसँग मल खरिदका लागि जीटूजी मोडल प्रस्ताव गरेपनि अहिले बल्ल समझदारी बनेको कृषि सचिव डा. योगेन्द्रकुमार कार्कीले बताए ।

‘परराष्ट्र मन्त्रीस्तरीय बैठकमा भारतले नेपाललाई मल दिन सहमति जनाएको छ, हामीले जीटूजीको मोडल बनाउन तयारी थालेका छौं,’सचिव कार्कीले भने ।

जीटूजीमा मल खरिदबारे भारतसँग भएको समझदारी कार्यान्वयन गर्न परराष्ट्रमार्फत कृषि मन्त्रालयलाई पत्राचार भएको पनि सचिव कार्कीले बताए । भारतले कति परिमाणमा नेपाललाई मल उपलब्ध गराउने र त्यासको प्रक्रिया के हुने भन्नेबारे मन्त्रालयले प्रारम्भिक चरणको छलफल सुरु गरिसकेको बताएको छ ।

अन्तर्राष्ट्रिय बजारबाट नेपालले हरेक वर्ष करिब ९ अर्ब रुपैयाँ बराबरको ४ लाख मेट्रिकटन रासायनिक मल खरिद गर्छ । यसमा सरकारी स्वमित्वको कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङमार्फत ३ लाख ५० हजार मेट्रिकटन अनुदानको मल खरिद हुन्छ ।

गत आर्थिक वर्षको बजेटमार्फत १५० लाख मेट्रिकटन रासायनिक मल खरिद गर्न ठेक्का पाएका नेपाली कम्पनीले मल ल्याउन नसकेपछि तत्कालीन कृषिमन्त्री घनश्याम भूसालले जीटूजीमार्फत मल खरिद गर्न भारत लगायतका मुलुकसँग छलफल थालेका थिए ।

हाल पेट्रोलियम पदार्थ खरिदकै मोडलमा मल खरिद गर्ने गरी भूसालले भारत, चीन, ओमन, संयुक्त अरब इमिरेट्स लगायतका मुलुकसंग परामर्श सुरु गरेका थिए ।अनलाइनखबरबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x