१३ आश्विन २०८३, मंगलवार

चीनले गरेको अघोषित नाकाबन्दीबारे सरकार किन मौन ?

एसीपी संवाददाता

१० माघ २०७७, शनिबार १४:४९ मा प्रकाशित

काठमाडौं । दक्षिणी छिमेकी भारतले २०७२ असाेजपछि करिब ६ महिना नाकाबन्दी लगाउँदा चर्को विरोध गर्ने तत्कालिन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अहिले प्रधानमन्त्री हुनुहुन्छ । तर, अहिले चीनले गरेको अघोषित नाकाबन्दीबारे उहाँ मौन बस्नुभएको छ ।

करिब एक वर्षदेखि चीनतर्फ सीमा जोडिएको मुख्य नाका तातोपानी र रसुवागढीमा अघोषित नाकाबन्दी लगाउँदा समेत चीनसँग समन्वय गरेर नाका सहज बनाउन सरकारले पहल नगरेको व्यवसायीहरूको साझा संस्था नेपाल चेम्बर अफ कमर्सका भन्सार सचिव निरज राईको गुनासो छ ।

पटक–पटक समस्या हुने गरेको तातोपानी नाका समेत बिहीबारबाट २० दिनका लागि बन्द गरिएको छ । चीनले मितेरी पुलमा समस्या आएकाले नाका बन्द गर्नु परेको बहाना बनाएको छ ।

एक वर्षअघिदेखि नै उत्तरी नाकामा कोरोना महामारी र प्राविधिक कारण देखाएर सामान लिएर आएका सयौं कन्टेनर रोकिएका छन् । तर, सरकार मुकदर्शक जस्तै बनेको छ ।

दैनिक सयौं कन्टेनर सामान भित्रिनु पर्नेमा तातोपानीबाट दैनिक २०/२५ वटा कन्टेनर भित्रिने गरेकोमा अहिले त्यो पनि रोकिएको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले बताउनुभयो ।

उसो त केरुङ नाका पनि लामो समयदेखि समस्यामुक्त छैन । उता पनि चिनियाँ पक्ष कोभिड संक्रमणसँगै डराएको रसुवाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीको भनाइ छ ।

करिब एक वर्षदेखि उत्तरी नाकामा अघोषित नाकाबन्दी रहेको तथ्यबारे प्रधानमन्त्री ओलीमात्र होइन, परराष्ट्रमन्त्रीदेखि आपूर्ति मन्त्रीसम्म जानकार हुनुहुन्छ । तर, दक्षिणतर्फ नाकाबन्दीका बेला चर्को स्वरमा विरोध गर्नेहरूनै सत्तामा रहेको बेला उत्तरी नाकाको अघोषित नाकाबन्दीबारे मौन बस्नुको रहस्यलाई जनताले कसरी बुझ्ने ? / इमेजखबरमा नारायणी लामिछाने

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
trackback

[…] चीनले गरेको अघोषित नाकाबन्दीबारे सरक… […]

1
0
Would love your thoughts, please comment.x
()
x