सामुदायिक रेडियोहरूको जिल्ला समन्वय समितिको संयोजकमा अन्सारी चयन

नन्दलाल साहु,
नेपालगञ्ज, माघ ९ गते । सामुदायिक रेडियो प्रसारक संघ नेपाल प्रदेश नम्बर ५ को बाँके जिल्ला समन्वय समितिमा नेपाल प्रेस इन्स्टिच्यूट क्षेत्रीय सञ्चार स्रोत केन्द्र, नेपालगञ्जका संयोजक तथा भेरी एफ.एम. १०५ थोप्लो ४ मेगाहर्जका स्टेशन म्यानेजर मोहम्मद आरिफ अन्सारी सर्वसम्मतबाट चयन भएका छन् ।
बा“के जिल्लामा सञ्चालनमा रहेका सम्पूर्ण सामुदायिक रेडियोहरुको आज बसेको बैठकले जिल्ला समन्वय समितिको संयोजक चयन गरेका छन् । सामुदायिक रेडियो प्रसारक संघ नेपालका प्रदेश नम्बर ५ का सदस्य चेतकान्त भट्टराईको अध्यक्षतामा बसेको बैठकबाट जिल्ला समन्वय समितिको संयोजकमा अन्सारी सर्वसम्मतबाट चयन भएका छन् ।
बाँके जिल्लामा सञ्चालनमा रहेको सामुदायिक रेडियोहरू भेरी एफएम., रेडियो हातेमालो, रेडियो कृष्णसार, रेडियो रुबरु, रेडियो सद्भाव, रेडियो प्रतिबोध (कोहलपुर), रेडियो भुवर भवानी (राप्ती सोनारी), रेडियो हिमाल, रेडियो कोहलपुर तथा नेपालगञ्ज एफएम.का प्रमुखहरु प्रतिनिधि सदस्य रहने गरी अन्सारीको संयोजकत्वमा जिल्ला समन्वय समिति चयन भएको छ ।
सामुदायिक रेडियो प्रसारक संघ जिल्ला समन्वय समितिले जिल्लामा रहेका रेडियोहरूमा रेडियो कार्यक्रम उत्पादन र सामाजिक बजारीकरणमा समन्वय र सहकार्य, समाजमा पारेको सकारात्मक प्रभावका बारेमा संयुक्त रुपमा बहस एवं पैरवी, जिल्ला भित्रका रेडियोकर्मी बीच सहकार्य, समन्वय र साझेदारी गर्न उपयुक्त वातावरण निर्माणका लागि संयुक्त भेला, तालिम वा अनुभव साटासाटका लगायत रेडियोको दिगोपनका लागि स्थानीय सरकार तथा सरोकारवालासँग समन्वय सहकार्य तथा साझेदारी गर्न कार्य योजना बनाउने विधानमा व्यवस्था रहेको छ ।
कार्यक्रममा सामुदायिक रेडयो प्रसारक संघ प्रदेश नम्बर ५का सदस्य चेतकान्त भट्टराई, रेडियो हातेमालोका प्रमुख डिल्ली बि.सी., भेरी एफ.एम.का प्रमुख मो. आरिफ अन्सारी, रेडियो प्रतिबोधका प्रमुख हेमन्त बि.क., रेडियो रुबरुका प्रमुख शकिल अहमद कादरी, रेडियो सद्भावका प्रमुख नविन गिरी,रेडियो भुवर भवानीका प्रमुख अर्जुन ओली, रेडियो कृष्णसारका माधव अधिकारीको उपस्थिति रहेको थियो ।
तस्वीरः नन्दलाल साहु
