१३ मंसिर २०८३, शनिबार

सिटि अस्पताल र लायन्स क्लव, सनराइजको आयोजनामा सिटि अस्पतालमा रक्तदान

एसीपी संवाददाता

११ माघ २०७८, मंगलवार ०८:२४ मा प्रकाशित

नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिका १८ कारकाँदोस्थित भुजइँ गाउँमा आज वृह्त रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

केयर सिटि अस्पताल एण्ड रिर्सच सेन्टर र लायन्स क्लव अफ नेपालगन्ज सनराइजको आयोजनामा सिटि अस्पतालमा रक्तदान कार्यक्रम गरिएको हो ।

कोरोना भाइरस महामारीको तेस्रो लहर फैलिएसँगै रगतको अभाव हुन सक्ने कुरालाई ध्यानमा राखेर रक्तदान कार्यक्रम गरिएको अस्पतालका एमडी सन्तोष शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त रक्तदानमा ५४ जनाले रक्तदान गरेका थिए ।

रक्तदान नै जीवन दान हो भन्ने मुख्य उद्देश्यका साथ आयोजना गरिएको रक्तदानमा युवाहरुको सहभागीता बढी रहेको थियो । अस्पतालले उपचार सेवासँगै सामाजिक सेवालाई पनि अगाडि बढाउँदै लैजाने अस्पतालका निर्देशक डा विष्णुबहादुर थापाले प्रतिबद्धता जनाउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x