३१ असार २०८३, बुधबार

सुरक्षाका लागि ‘नेसनल भोलेन्टियर फोर्स (एनभिएफ)’को घोषणा गर्दै एमाले

एसीपी संवाददाता

६ मंसिर २०८२, शुक्रबार ११:१९ मा प्रकाशित

काठमाडौं –  नेपाल कम्युनिस्ट पार्टी एमालेले आज  काठमाडौं बृहत कार्यक्रम गर्दै छ ।

एमाले पार्टीले आफ्नो नीति र नेतृत्वको सुरक्षाका लागि ‘नेसनल भोलेन्टियर फोर्स (एनभिएफ)’को घोषणा गर्ने सभा गर्दै छ । काठमाडौंको माइतीघर मण्डलामा एमालेका युवाहरूको भेला गराएर  बानेश्वरसम्म मार्चपासपश्चात नेसनल भोलेन्टियर फोर्स घोषणा सभा गर्दै छ ।

पार्टीले राज्यका निकायलाई सहयोग गर्ने, भय र असुरक्षाबाट जनतालाई मुक्त गर्ने, सुरक्षा निकायलाई सहयोग गर्ने भन्दै उक्त कार्यक्रम गर्दै हो । नेकपा एमालेमा युथ फोर्स हुदाहुदै यो नयाँ संगठनको उद्देश्य भनेको प्राकृतिक प्रकोप भएका बेला राहत तथा उद्धारमा सहयोग गर्ने उद्देश्यले फोर्स गठन गर्न लागिएको एमालेले जनाएको छ।

पुर्ब प्रधानमन्त्री र एमाले अध्यक्ष केपी शर्मा ओलीले फोर्सको घोषणा गर्ने र सार्बजनिक गर्ने योजना रहेकोे छ ।

पुर्ब प्रधानमन्त्री ओलिको सुरक्षा संवेदनशीलता बढेका बेला राज्यले  नेताका सुरक्षाकर्मी फिर्ता लगेकोले पनि फोर्सको आवश्यकता बढेको एमालेको जिकिर छ । प्रदेश र जिल्लामा पनि यस्तो संरचना बनाइने एमालेको तयारी छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x