११ जेष्ठ २०८१, शुक्रबार

सोमबार नेपालगन्ज-कोहलपुर सडक खण्ड अबरुद्ध

एसीपी संवाददाता

२१ पुष २०७६, सोमबार ११:३६ मा प्रकाशित

नेपालगन्ज बाँके, पुस २१

सोमबार बाँकेको नेपालगन्ज-कोहलपुर सडक खण्डमा दिउसोको समयमा अबरुद्ध भएको छ । आइतबार रन्झा चोक देखि केही भित्र गाई गोरु तस्करी भइ रहेको खबर राष्ट्रिय प्रजातान्त्र पार्टी युवा संगठनका अध्यक्ष हुकुम केसि र उनको टोलिले तस्करहरुको प्रदाफास गर्न जान्दा तस्करहरुले हमला गरेका र सो घटनाको आक्रोशमा आज सडक अबरुद्ध गरेको हो ।


तस्करी भइरहेको बेला प्रहरीलाइ जानकारी गराउदा पनि प्रहरीले सुनुवाइ नगरिदिएको, प्रहरी पनि सो घटनामा मिलापत रहेको बिर्जेश बहादुर सिंहले बताउनु भयो ।

जिल्ला प्रहरी प्रमुखलाई वीर बहादुर ओलिलाई जानकारी गराएता पनि प्रहरीले वास्ता नगरेको भन्दै प्रशासन र प्रहरीको नाराबाजीले आलोचना गरेका छन । उनले यो आन्दोलनलाइ कम्जोर न ठानि, र जब जब गौ हत्या र तस्करी बन्द हुदैन तब सम्म आन्दोलन जारी रहिरह्ने अध्यक्षले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x