२२ आश्विन २०८३, बिहीबार

स्थानीय विकास र जनसेवाको संकल्पसहित जानकी–१ बाट चुनावी मैदानमा मुजम्मिल राई

एसीपी संवाददाता

२२ आश्विन २०८३, बिहीबार २३:४७ मा प्रकाशित

दिनेश ठाकुर नेपालगन्ज , असाेज २२ —  स्थानीय तहको विकास र नागरिकको सेवासुविधालाई प्राथमिकतामा राख्दै युवा नेता मुजम्मिल राईले जानकी गाउँपालिका–१ (साई गाउँ) बाट उम्मेदवारीको तयारीसहित आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन्।

“जनसेवा नै मेरो लक्ष्य हो, मेरो होइन हाम्रो विकास हो” भन्ने मूल नारासहित चुनावी अभियानमा सक्रिय राईले वडाको समग्र विकासका लागि नयाँ सोच र साझा प्रयास आवश्यक रहेको बताएका छन्। उनले “नई सोच, नया विकास, हमारा वार्ड, हमारी जिम्मेदारी” र “युवा शक्ति, देश की शक्ति” जस्ता नारालाई अघि सार्दै युवाको सक्रिय सहभागितामार्फत वडाको विकास गर्ने आफ्नो योजना रहेको बताएका छन्।

राईका अनुसार वडा नम्बर १ लाई शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, रोजगारी, युवा सशक्तीकरण तथा वातावरणीय स्वच्छताको क्षेत्रमा व्यवस्थित रूपमा अघि बढाउने मुख्य लक्ष्य रहेको छ।

“जनताको समस्या सुन्ने, बुझ्ने र समाधानका लागि जनतासँगै उभिने नेतृत्व आवश्यक छ। वडाको विकास कुनै एक व्यक्तिको प्रयासले मात्र सम्भव हुँदैन, सबैको सहभागिता र सहकार्यबाट मात्रै हाम्रो वडा समृद्ध बन्न सक्छ,” राईले भने।

उनले वडाको विकासका लागि सातवटा प्रमुख एजेन्डा अघि सारेका छन्। जसमा गुणस्तरीय शिक्षा, सहज र सुलभ स्वास्थ्य सेवा, सडक–बत्ती–खानेपानीलगायत पूर्वाधार विस्तार, कृषि तथा स्थानीय रोजगारी प्रवर्द्धन, युवा सशक्तीकरण, स्वच्छता तथा हरियाली अभियान र जनसहभागितामूलक विकास रहेका छन्।

राईले किसानलाई आधुनिक कृषि प्रणालीसँग जोड्दै उत्पादन र रोजगारी बढाउने, युवालाई सीपमूलक तालिम तथा खेलकुदका अवसर उपलब्ध गराउने र स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने योजना रहेको बताएका छन्।

त्यस्तै, वडामा स्वच्छ खानेपानी, व्यवस्थित सडक, पर्याप्त सडकबत्ती तथा आवश्यक सार्वजनिक पूर्वाधारको विस्तारलाई प्राथमिकतामा राख्ने उनको भनाइ छ। स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँच सुनिश्चित गर्ने र बालबालिकाको गुणस्तरीय शिक्षाका लागि आवश्यक वातावरण निर्माण गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

“हाम्रो वडा, हाम्रो जिम्मेवारी हो। विकासका योजनामा जनताको प्रत्यक्ष सहभागिता गराएर आवश्यकता र प्राथमिकताका आधारमा काम गर्ने मेरो प्रतिबद्धता छ,” राईले बताए।

स्थानीय तहको निर्वाचनको चर्चा बढिरहेका बेला जानकी गाउँपालिका–१ मा युवाको नेतृत्व, विकासका एजेन्डा र नयाँ राजनीतिक सोचलाई लिएर विभिन्न तहमा छलफल भइरहेको छ। राईले भने आफ्नो अभियानलाई व्यक्तिगत राजनीतिक महत्वाकांक्षाभन्दा पनि स्थानीय विकास र जनसेवासँग जोडेर अघि बढाउने बताएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x