२१ आश्विन २०८३, बुधबार

काेहलपुरमा दशैं शुभकामना सहित ‘एनसेल हिरो रिटेलर मिट’ सम्पन्न सुरक्षित सिम बिक्रीदेखि व्यवसाय विस्तारसम्म रिटेलरलाई मार्गदर्शन

एसीपी संवाददाता

२१ आश्विन २०८३, बुधबार २१:५७ मा प्रकाशित

दिनेश ठाकुर, नेपालगन्ज, असोज २१ — काेहलपुरमा बडादशैंको अवसर पारेर शुभकामना आदान–प्रदानसहित ‘एनसेल हिरो रिटेलर मिट’ (Ncell Hero Retailer Meet) सम्पन्न भएको छ। कार्यक्रममा एनसेलका नयाँ उत्पादन तथा अत्याधुनिक सेवाका साथै ग्राहककेन्द्रित बिक्री प्रवर्द्धन र व्यवसाय विस्तारका विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा सहभागी रिटेलरहरूलाई एनसेलका विभिन्न सेवा तथा उत्पादनबारे जानकारी दिँदै ग्राहक सेवा प्रभावकारी बनाउने, बिक्री बढाउने तथा आफ्नो व्यवसायमार्फत आम्दानी वृद्धि गर्न सकिने सम्भावनाबारे मार्गदर्शन गरिएको थियो।

कार्यक्रममा देवप्रिया इन्टरनेसनलका सञ्चालक दीपेन्द्र बिष्टले रिटेलरहरू दूरसञ्चार सेवाको प्रत्यक्ष पहुँच विस्तार गर्ने महत्वपूर्ण माध्यम भएकाले ग्राहकलाई सही सूचना र गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिनुभयो। उहाँले व्यवसाय विस्तारसँगै ग्राहकको विश्वास कायम राख्न जिम्मेवार र पारदर्शी सेवा प्रवाह आवश्यक रहेको बताउनुभयो।

त्यस्तै, एनसेलका प्रदेश प्रमुख मनोज जोशीले नयाँ प्रविधि र सेवासँगै ग्राहकको सुरक्षा तथा सहज सेवालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। उहाँले रिटेलरहरूलाई कम्पनीका सेवा तथा उत्पादनबारे अद्यावधिक जानकारी राख्दै ग्राहकलाई आवश्यक र सही जानकारी उपलब्ध गराउन आग्रह गर्नुभयो।

कार्यक्रममा विशेषगरी नयाँ सिम कार्ड सुचारु (SIM Activation) गर्दा अपनाउनुपर्ने कानुनी तथा प्राविधिक सावधानीका विषयमा विशेष जोड दिइएको थियो। डिजिटल कारोबार तथा दूरसञ्चार क्षेत्रमा हुन सक्ने अवैध र जोखिमपूर्ण गतिविधिबाट आफू र ग्राहक दुवैलाई सुरक्षित राख्ने उपायबारे सहभागी रिटेलरहरूबीच अन्तर्क्रिया गरिएको थियो।

रिटेलरहरूले सिम बिक्री तथा सेवा प्रदान गर्दा ग्राहकको विवरण, पहिचान तथा कानुनी प्रक्रियालाई ध्यान दिनुपर्ने विषयमा समेत जानकारी दिइएको थियो। सुरक्षित र जिम्मेवार रूपमा सेवा प्रवाह गर्दा ग्राहकको विश्वास बढ्नुका साथै व्यवसायलाई दीर्घकालीन रूपमा अघि बढाउन सहयोग पुग्नेमा सहभागीहरूको जोड थियो।

दशैंको शुभकामना आदान–प्रदानसँगै सम्पन्न कार्यक्रममा रिटेलरहरूबीच आपसी अनुभव तथा व्यवसायिक अभ्यासबारे समेत छलफल भएको थियो। कार्यक्रमले एनसेल हिरो रिटेलरहरूलाई बजार विस्तार, ग्राहक सेवा सुधार तथा सुरक्षित र जिम्मेवार सिम बिक्री वितरणका लागि थप ऊर्जा, ज्ञान र मार्गदर्शन प्रदान गरेको आयोजकले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x