२२ आश्विन २०८३, बिहीबार

एमाले नेता राप्रपामा प्रवेश, सनातन धर्म र बाँकेको विकासलाई प्राथमिकता दिने घोषणा

एसीपी संवाददाता

२२ आश्विन २०८३, बिहीबार १२:१४ मा प्रकाशित

दिनेश ठाकुर नेपालगन्ज, २२ असोज — नेकपा (एमाले) बाँकेका जिल्ला कमिटी सदस्य रचना श्रेष्ठले एमालेको साधारण सदस्यसहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मार्फत आफ्नो राजनीतिक यात्रा अघि बढाउने बताउनुभएको छ।

लामो समयदेखि एमालेमा सक्रिय रहँदै आउनुभएका श्रेष्ठले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै बदलिँदो राजनीतिक परिवेशसँगै आफ्नो राजनीतिक प्राथमिकतालाई पुनर्विचार गर्दै एमाले परित्याग गर्ने निर्णय गरेको जनाउनुभएको हो।

श्रेष्ठले राष्ट्रियताको संरक्षण, सनातन धर्म–संस्कृति संरक्षण तथा बाँके जिल्लाको समग्र विकासलाई आगामी राजनीतिक यात्राको प्रमुख प्राथमिकता बनाउने बताउनुभएको छ।

उहाँले भन्नुभएको छ, “बदलिँदो राजनीतिक परिवेश र राष्ट्रियता, सनातन धर्म–संस्कृतिको संरक्षणसँगै बाँकेको समग्र विकासका विषयमा आफ्नो राजनीतिक प्राथमिकतालाई पुनर्विचार गर्नुपर्ने अवस्था आएको छ। अब राप्रपामार्फत सक्रिय राजनीतिक यात्रालाई अघि बढाउने निर्णय गरेको छु।”

एमाले परित्याग गरेपछि राप्रपामार्फत राजनीतिक गतिविधिलाई निरन्तरता दिने घोषणा गर्नुभएका श्रेष्ठले एमालेमा रहँदा आफूलाई साथ, सहयोग र मार्गदर्शन गर्ने सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकप्रति आभारसमेत व्यक्त गर्नुभएको छ।

उहाँको एमाले परित्याग र राप्रपामार्फत नयाँ राजनीतिक यात्रा सुरु गर्ने घोषणासँगै बाँकेको स्थानीय राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ। यद्यपि, राप्रपामा उहाँको औपचारिक प्रवेश कार्यक्रम, नयाँ जिम्मेवारी तथा आगामी राजनीतिक भूमिकाबारे थप विवरण सार्वजनिक हुन बाँकी रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x