४ आश्विन २०८३, आईतवार

हरि गिरी नागा बाबाको छैठौं वार्षिक पुण्यतिथिमा ‘हनुमान अंश’ विशेष शो

एसीपी संवाददाता

३ आश्विन २०८३, शनिबार १५:१६ मा प्रकाशित

दिनेश ठाकुर नेपालगञ्ज, असोज ३ — परम आदरणीय श्रद्धेय श्री १००८ ब्रह्मलीन श्रीमहन्त हिरामान हरि गिरी (हरि शंकर गिरी नागा बाबा) को छैठौं वार्षिक पुण्यतिथिको अवसरमा नेपालगञ्जस्थित Cine Royal Nepalgunj मा धार्मिक चलचित्र ‘हनुमान अंश’ (Hanuman Ansh) को विशेष शो आयोजना गरिएको छ।

कार्यक्रममा ज्येष्ठ नागरिक, युवा, अग्रज व्यक्तित्व, धार्मिक गुरु तथा भक्तजनहरूको उल्लेखनीय तथा गरिमामय उपस्थिति रहेको थियो। बाबा हिरामान हरि गिरीको पावन स्मृतिमा आयोजित विशेष शोले धार्मिक तथा आध्यात्मिक भावनालाई थप मजबुत बनाएको आयोजकले जनाएको छ।

कार्यक्रममा उपस्थित भक्तजनहरूलाई आयोजकको तर्फबाट शीतल प्रसादस्वरूप फ्रुटी (Frooti) समेत वितरण गरिएको थियो। धार्मिक चलचित्रको विशेष शोमा सहभागी महानुभावहरूले बाबा ज्यूको योगदान तथा स्मृतिलाई सम्मानपूर्वक सम्झिएका थिए।

कार्यक्रमलाई सभ्य, मर्यादित र भव्य रूपमा सम्पन्न गर्न उपस्थित भई आशीर्वाद तथा साथ दिनुहुने सम्पूर्ण बुवाआमा, दाजुभाइ तथा दिदीबहिनी, धार्मिक गुरु, अग्रज व्यक्तित्व, सहयोगी हातहरू तथा Cine Royal Nepalgunj को हल व्यवस्थापन टिमप्रति गोल्डेन ए.बि.सी. स्कुल परिवारले हार्दिक आभार व्यक्त गरेको छ।

कार्यक्रमका आयोजक विकास बहादुर सिंहले बाबा हिरामान हरि गिरीको छैठौं वार्षिक पुण्यतिथिको अवसरमा उपस्थित सम्पूर्ण महानुभावप्रति धन्यवाद ज्ञापन गर्दै परम पूज्य बाबा ज्यूको पवित्र आत्माको चीर शान्तिको कामना गर्नुभएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x