अरुण नदीको पानी थुनेर आज सुरुङतर्फ फर्काइने,तेस्रो जलविद्युत् परियोजनाको काम ४० प्रतिशत सम्पन्न
संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत् परियोजनाको काम ४० प्रतिशत सम्पन्न भएको छ । परियोजनाले नदीको पानी डाइभर्सन गर्न ४२९ मिटरको सुरूङ मार्गसमेत निर्माण गरिसकेको छ । परियोजनाले आज सुरूङतर्फ पानी फर्काउने सबै तयारी पूरा गरेको सतलज कम्पनी दियो ।
परियोजनाको २०७४ साल वैशाख २९ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो त्यसको आज अरुण नदीको पानी थुनेर सुरुङतर्फ फर्काइने कम्पनीले जनाएको छ ।
बाँधस्थल मकालु गाउँपालिका–५ फ्याक्सिन्दा र विद्युतगृहस्थल चिचिला गाउँपालिका–२ पुखुवामा निर्माणको काम चौबीसै घण्टा तीव्र गतिमा चलिरहेको परियोजनाले जनाएको छ ।बाँधस्थलमा जयप्रकाश एशोसियटस निर्माण कम्पनीले तथा विद्युत्गृहस्थल क्षेत्रमा पटेल इञ्जिनीयरिङ कन्सल्टेन्टले ठेक्का लिएर काम गरिरहेका छन् । परियोजनामा अहिले भारतीय र नेपालीसहित तीन हजार कामदार छन् । फ्याक्सिन्दादेखि पुखुवा निस्कने मुख्य सुरुङमार्गको दूरी ११ दशमलव ७४ किमी छ ।
परियोजनाको २०७४ वैशाख २९ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्यास गर्नुभएको थियो । अरुण नदीको पानी थुनेर आज सुरुङतर्फ फर्काइने छ ।बाँधस्थल मकालु गाउँपालिका–५ फ्याक्सिन्दा र विद्युतगृहस्थल चिचिला गाउँपालिका–२ पुखुवामा निर्माणको काम चौबीसै घण्टा तीव्र गतिमा चलिरहेको परियोजनाले जनाएको छ ।
चीनको बिजिंग सहरमा कोरोना भाइरसको महामारी फेरी फैलिने खतरा,स्र्पी्रग फेस्टेबल नमनाउन आग्रह
डब्ल्यूएचओको वैज्ञानिकको टोलीद्धारा चीनमा कोरोना भाइरसको उत्पत्तिको बारेमा ‘फिल्ड’जाँच सुरु
अरूण नदीको पानी थुनेर आज सुरूङतर्फ फर्काइने छ र बाँधस्थल मकालु गाउँपालिका–५ फ्याक्सिन्दा र विद्युत् गृहस्थल चिचिला गाउँपालिका–२ पुखुवामा निर्माणको काम चौबीसै घन्टा तीव्र गतिमा चलिरहेको परियोजनाले जनाएको छ । बाँधस्थलमा जयप्रकाश एशोसिएटस निर्माण कम्पनीले तथा विद्युत् गृहस्थल क्षेत्रमा पटेल इञ्जिनियरिङ कन्सल्टेन्टले ठेक्का लिएर काम गरिरहेका छन् ।परियोजनामा अहिले भारतीय र नेपालीसहित तीन हजार कामदारले काम गरिरहेका छन् ।
यसैबीच नेपाल सरकारले अहिले तल्लो अरुण जलविद्युत् परियोजना सार्वजनिक–निजी साझेदारी अवधारणाअन्तर्गत ढाँचामा विकास गर्न भारतको एएसजेभिएन लिमिटेडलाई छनोट गरेको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीज्यूको अध्यक्षतामा शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बोर्डको ४६औँ बैठकले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका आधारमा सूचीकृत भएका कम्पनीको मूल्यांकन गरी सो निर्णय गरेको हो ।
कुल क्षमता ६७९ मेगावाट रहेको सो परियोजना प्रदेश नं १ को सङ्खुवासभा र भोजपुर जिल्लामा अवस्थित रहनेछ । विसं २०७५ चैतमा काठमाडौंमा सम्पन्न लगानी सम्मेलनको अवसरमा नेपाल सरकारले सो परियोजना लगानीकर्तासमक्ष प्रस्तुत गरेको थियो ।



