आईपिएलमा नेपालका एक मात्र खेलाडी सन्दीप छनौट भारु ४० मुल्य
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को मेगा अक्सनको लागि नेपालबाट सन्दीप लामिछाने मात्र छनोटमा परेका छन् । नेपालबाट १५ खेलाडीले अक्सनमा नाम दर्ता गराए पनि सन्दीपमात्र मेगा अक्सनको लागि छनोट भएका हुन् ।
नेपालबाट लामिछानेबाहेक आसिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुशान भारी, आरिफ शेख, अविनाश बोहरा, विनोद भण्डारी, शरद भेषावाकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले नाम दर्ता गराएका थिए । तर लामिछानेबाहेकका खेलाडी छनाेटमा परेनन् ।
अब अक्सनबाट लामिछानेलाई कुनै पनि टिमले भित्र्याउन चाहे न्यूनतम ४० लाख भारु अर्थात ६४ लाख रुपैयाँ तिर्नुपर्ने हुन्छ । २०२१ मा सन्दीपलाई कुनै पनि टिमले छनाेट गरेकाे थिएन ।
सन्दीपलाई २०१८ मा तत्कालीन दिल्ली डेयर डेभिल्स (दिल्ली क्यापिटल्स) न्यूनतम मूल्य २० लाख भारुमा अनुबन्ध गरेको थियो । फेब्रअरी १२ र १३ तारिखमा हुने अक्सनमा जम्मा ५ सय ९० खेलाडी रहनेछन् । जसमध्ये २ सय २० खेलाडी विदेशी रहने छन् ।


