२९ श्रावण २०८३, शुक्रबार

एनपिएल मा आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाज

एसीपी संवाददाता

२७ मंसिर २०८१, बिहीबार १०:३७ मा प्रकाशित

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाज खेल्दैछन् ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुने खेलमा जनकपुरबाट अनिलकुमार शाह र काठमाडौंबाट  करण केसीको नेतृत्वमा मैदानमा उत्रिँदै छन् । आजको खेलमा जनकपुर पाँचौं जितसहित शीर्षस्थानमा उक्लने योजनामा छ भने काठमाडौं तेस्रो जित निकाल्ने लक्ष्यमा छ ।

यसअघि पाँच खेल खेलेको जनकपुर ४ मा जित र एकमा हारसहित ८ अंक जोडेर दोस्रो स्थानमा छ । चार खेलमा काठमाडौंले दुईमा जित र दुईमा हार बेहोरेर चार अंक जोड्दै तालिकाको पाँचौँ स्थानमा छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x