२७ कार्तिक २०८३, बिहीबार

राष्ट्रिय जनमत पार्टीका अध्यक्ष र संरक्षकद्वारा धुमधामका साथ भाइटीका ग्रहण, तिहारको बिदाइसँगै शुभकामना व्यक्त

एसीपी संवाददाता

२७ कार्तिक २०८३, बिहीबार १३:४४ मा प्रकाशित

दिनेश ठाकुर नेपालगन्ज ,कात्तिक २६ गते —  नेपालीहरूको महान् पर्व तिहार तथा दीपावलीको अन्तिम दिन भाइटीकाको अवसरमा राष्ट्रिय जनमत पार्टीका केन्द्रीय अध्यक्ष रियाज अहमद शेष र केन्द्रीय संरक्षक इरफान अहमद शेषले धुमधामका साथ भाइटीका ग्रहण गर्दै यस वर्षको तिहार पर्व मनाउनुभएको छ।

भाइटीकाको पावन अवसरमा अध्यक्ष शेष र संरक्षक शेषलगायत पार्टीका नेता तथा कार्यकर्ताहरूले आपसी प्रेम, सद्भाव र पारिवारिक आत्मीयताका साथ पर्व मनाउनुभएको हो।यस अवसरमा राष्ट्रिय जनमत पार्टीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।

पार्टीले तिहार तथा भाइटीकाले नेपाली समाजमा आपसी सद्भाव, भाइचारा, प्रेम, एकता र सामाजिक सहिष्णुतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै यस्ता सांस्कृतिक पर्वहरूले समाजमा एकता र आत्मीयताको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ।

त्यसैगरी, भाइटीकाको अवसरमा टीका लगाइदिने आदरणीय दिदीप्रति विशेष आभार तथा हार्दिक धन्यवाद व्यक्त गर्दै दाजुभाइ र दिदीबहिनीबीचको माया, ममता, विश्वास र अटुट स्नेह सधैँ कायम रहिरहोस् भन्ने कामना गरिएको छ।तिहारको बिदाइसँगै राष्ट्रिय जनमत पार्टीले आगामी दिनहरूमा पनि नेपाली समाजमा शान्ति, सद्भाव, एकता र समृद्धिको वातावरण कायम रहोस् भन्ने शुभेच्छा व्यक्त गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x