१३ मंसिर २०८३, शनिबार
एमसीसी बारेमा ३ दलमा सहमति यसरी पास हुदै छ
काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनका तीन शीर्ष नेताबीच अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परिमार्जन गर्दै पारित गर्न सकिने विषयमा छलफल भएको छ ।
बुधबार बालुवाटारमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच यस बिषयमा छलफल भएको हो ।
नेपाल समुहले एमसीसी सम्बन्धी दस्तावेजमाथि अध्ययन गरिरहेका बेला देउव, प्रचण्ड र नेपालबीच एमसीसी परिमार्जन गर्नका लागि पहल गर्न छलफल भएको स्रोतले जनाएको छ ।
गठबन्धन पनि जोगिने र एमसीसी पनि पास हुनसक्ने यस किसिमको विकल्पमा शीर्ष तीन नेता लागेका हुन् ।
Subscribe
Login
0 Comments


