१३ मंसिर २०८३, शनिबार

एमसीसी सम्झौता संसदमा पेश गर्न एमालेको प्रधानमन्त्री देउवालाई सुझाव

एसीपी संवाददाता

२१ माघ २०७८, शुक्रबार १२:५२ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेले एमसीसी सम्झौता संसदमा पेश गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएको छ ।

एमाले सचिव एवं पूर्वउपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री देउवाले एमसीसी संसद्मा पेश गर्नुपर्ने पनि सुझाव दिए ।

उनले एमसीसीको सवालमा पहिले सरकार तात्नुपर्ने बताए । उनले भने,‘पहिले तावा तात्नुपर्छ, अनि रोटी पाक्छ, बिँड तात्यो भने हात पोल्छ । एमसीसीबारे पहिले सरकारले आफ्नो धारणा ल्याओस ।’ अमेरिकी सहयोग सम्झौता एमसीसीको सवालमा पार्टीले अहिले नै आधिकारिक धारणा नबनाएको स्पष्ट पारे ।

उनले भने, ‘हामी अहिले प्रतिपक्षमा छौं । एमसीसीको सवालमा यो महागठबन्धनले पहिले टुँगो लगाओस । संसद्मा टेबुल भएपछि हामी सोच्छौं । अहिले हाम्रो पार्टीले कुनै निर्णय गरेको छैन ।’ रायमाझीले नेपालमा जतिसक्दो छिटो ट्रान्समिसन लाईन आवश्यक रहेको सुनाए ।

उनले भने–‘नेपालमा हाईड्रोपावरको प्रोजेक्ट दिनप्रतिदिन सम्पन्न हुँदैछन् । अब चाहिनेभन्दा बढि उर्जा आउँदैछ । निर्यात गर्नुपर्छ भनेका छौं । भारत, पाकिस्तान, बंगलादेशसँग बजार खोज्ने हो। इसको लागि ट्रान्समिसन लाईन चाहिन्छ।

यो बनाएनौं भने नेपालमा उत्पादित विजुली खपत हुँदैन् । यो लस हुन्छ। ट्रान्समिसन लाईन छिटो बन्नुपर्छ । एमसीसी सहमति गरेर पास गराउनुपर्छ ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x