४ श्रावण २०८३, सोमबार

ओली–विद्या ‘केमिस्ट्री’को आन्तर्य

एसीपी संवाददाता

१ श्रावण २०८१, मंगलवार ०८:०६ मा प्रकाशित

महिला संघको नेतृत्व हुँदै एमालेको उपाध्यक्ष पदसम्म पुगेकी विद्यादेवी भण्डारीलाई ०७२ सालमा ओलीको अगुवाईमा राष्ट्रपतिमा निर्वाचित गराइयो, जहाँ सुशील कोइरालालाई प्रधानमन्त्री दिने स–शर्त समझदारी बन्यो।

राजनीतिक बृत्तमा यो निर्णयका दुई महत्वपूर्ण चर्चा भए।

पहिलो, गणतन्त्र नेपालमा एमाले मात्र यस्तो दल बन्यो जसले राष्ट्र प्रमुखमा महिला नेत्रीलाई निर्वाचित गराउने कर्म गर्यो।

दोस्रो, थोरै गैरराजनीतिक लाग्ने तर त्यहि बृत्तको चर्चा थियो, ओली–विद्याको केमिस्ट्रीको उपजको निर्णय थियो।

जब ०७४ को आम निर्वाचनमा बामपन्थी शक्ति अर्थात् एमाले–माओवादी शक्तिमा उदय भए। फेरि भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्र प्रमुखमा निर्वाचित भइन्। यहाँ पनि ओलीको निर्णय सर्वसम्मत भयो। भण्डारी निर्वाचित गराउँदा ओलीले सभामुख माओवादीलाई सुम्पिए जसको फाइदा हाल माओवादी उपाध्यक्ष तथा प्रवक्ता रहेका अग्नी सापकोटाले लिए।

बामपन्थी शक्तिबीचको विभाजनको रेखा कोरिने बेला सरकारको प्रधानमन्त्री रहेका ओलीका हरेक निर्णयमा भण्डारीले ल्याप्चे लगाउने काम गरिन्। थोरै आलोचित भए पनि यहाँ पनि सोही केमिस्ट्रीले काम गरेको थियो।

‘राजनीतिमा यस्तो समझ धेरै कम नेताबीच हुन्छ। अन्यथाको कुरा छैन यहि समजले नै लामो समयसम्म राजनीतिक सहकार्यमा अगाडि बढ्न प्रेरित गर्छ’, एक बाम विश्लेषक भन्छन्।

यो समझदारी यतिसम्मको थियो कि तेस्रो पटक प्रधानमन्त्री पदको सपथ लिँदै गर्दा ओलीले ‘त्यो पर्दैन’ भनेको विषय ट्रोल भयो। स्मरणीय छ– त्यो सरकारलाई राष्ट्रपतिका रुपमा भण्डारीले अनुमोदन गरे पनि सर्वोच्च अदालतले ढालेको थियो।

आइतबार चौथो पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि ओली भण्डारीलाई भेट्न चपली पुगेका थिए। यहाँ पनि उनीहरूको केमिस्ट्रीकै चर्चा भयो।

यसमा पनि दुई चिजलाई विश्लेषणात्मक हिसाबले टिप्पणी गरिएको छ। पार्टीमा यदि ओलीले कसैलाई अभिभावक मान्छन् भने त्यो भण्डारी हो। र,

ओलीको सन्निकट राजनीतिक समझदारी कोहीसित भए भण्डारीसँग नै रहेको छ भन्ने बुझाईले पनि काम गरेको छ।

दुई व्यक्ति वा राजनीतिक व्यक्तिबीचको यो रसायनशास्त्रीय सम्बन्धको कसीको ब्याख्या के होला?

खास अर्थमा सम्बन्धको रसायनशास्त्र कसैलाई ठीक गर्ने बारे होइन; यो तिनीहरूलाई तिनीहरू जस्तै स्वीकार गर्ने र तिनीहरूको बृद्धिलाई समर्थन गर्ने बारे हो। दुई व्यक्तिहरूबीचको ‘केमिस्ट्री’ले कुनै पनि आँधीबेहरीलाई सामना गर्न सक्छ, जबसम्म त्यहाँ विश्वास र समझदारी हुन्छ। दुई व्यक्तिहरूबीचको केमिस्ट्रीले कुनै पनि आँधीबेहरीलाई सामना गर्न सक्छ, जबसम्म त्यहाँ विश्वास र समझदारी जीवित छ। सम्भवतः ओली र भण्डारीबीचको राजनीतिक केमिस्ट्रीको अर्थ पनि त्यहि थियो– त्यहाँ विश्वास र समझदारी छ।

ओलीको अग्रसरतामा नै भण्डारीलाई कम्युनिस्ट पार्टी स्थापनाको हिरक महोत्सवमा ठूलो सम्मान गरिएको थियो। तर त्यसअघि भण्डारी एमाले राजनीतिमा सक्रिय हुने र त्यो ओलीको समानान्तर नै हुन सक्ने आँकलन गरिएको थियो। तर, आइतबार ओली भण्डारीकहाँ पुग्नुले त्यस तर्कमा खासै दमचाहिँ नहुने बुझिन्छ। सीएननेपाल ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x