कम्यूनिष्ट मिलाउन कसरत गर्ने चीनबाट जम्मा ३ लाख कोरोना बिरुद्धको खोप दिने घोषणा
नेकपा पार्टीलाई मिलाउने जति कसरत गरे नि नेपाली जनता भन्दा पनि पार्टी मिलाई आफ्नो स्वार्थ पुरा गर्न मात्र रहेछ चीनको निती नियतीमा फरक देखिन्न थालेको छ । पार्टी एकिकरण गराउन नसके पछि सहयोगमा कटौती गर्न शुरु गरेको भन्दा पनि केही फरक नपर्ला ्। चीनको बुाहनबाटै शुरु भएको कोरोना भाइरसका लागि जहाँ भारत १० लाख खोप अनुदानमा दिएको भने चीन जम्मा ३ लाख दिन उदघोष गरेको छ ।
अहिले बिश्व भरी फैलिएको महामारीलाई नियन्त्रण गर्न बिभिन्न देशमा खोप अभियान शुरु भएको छ । नेकपा विघटनपछिको एकाएक चिनियाँ सक्रियताले ठूलो आलोचना निम्त्यायो भन्ने धेरै जनताले भन्न शुरु गरेका छन् ।
विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनले कोरोना भाइरसविरुद्ध लड्न नेपाललाई अहिले खोप भने ३ लाख खोप उपलब्ध गराउदा असमंजस थपेको छ । भारत सरकारले १० लाख खोप दिएर नेपालमा सहयोग गर्दा चीनले ३ लाख मात्र खोप दिने भनेको निती नियतीमा फरक देखिन शुरु भएको अनुमान छ ।
चीनले यो खोप पनि नेपाल सरकारको अनुरोधमा दिन लागेको हो आफै पनि दिने घोषणा समेत गर्न सकेन् । कम्युनिस्ट बचाउन मरिहत्ये गर्ने चीनले खोपमागेपछि त्यो पनि ३ लाख दियोअनुदानस्वरुप नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको काठमाण्डौ स्थित चिनियाँ दूतावास बिभिन्न संचारमाध्यमलाई ्जानकारी दिएका छन् ।



