१ आश्विन २०८३, बिहीबार

कविता

एसीपी संवाददाता

१३ आश्विन २०७९, बिहीबार १५:०६ मा प्रकाशित

नेता

ओम आचार्य

यिनिहरु घटनाकार हुन

हामी पात्र

घटना अनुसारका पात्रहरु निर्धारण गर्छन

पात्र निर्धारणमा

पात्र चयनमा

घटनाकारको प्रिय नजिककोले

पात्रले राम्रो भुमिका  पाउछ

र तिनिहरु

पुन घटनाकार हुन सक्छन

र बाक़ी पात्रहरु

कोही सहिद हुन्छन

कोही आजिवन जेल जान्छन

कोही निर्वासित हुन्छन

कोही अंग भंग हुन्छन

कुनै समय

एकाएक पात्रहरु

घटनाकारले जन्माउछ्न र

घटनामा भित्य्राउछन

र भइरहेका पात्रहरु विस्थापित गरेर

नयाँ पात्रले त्यो स्थानमा भुमिका पाउछ

आखिर

घटना घटाउने

घटनाकारहरुमा पात्रहरु

स्थापित गर्ने

विस्थापित गर्ने सक्ती त रहन्छ

त्यही भएर नेता।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x