२१ कार्तिक २०८३, शुक्रबार

कविता

एसीपी संवाददाता

४ बैशाख २०८१, मंगलवार १०:५२ मा प्रकाशित

ओम आचार्य
नयाँ वर्ष र सरकार
सरकार पटक पटक
फेरिए जस्तै
पटक पटक आउछ नयाँ बर्ष
सरकारमा रहनेलाइ!
सरकारमा प्रधानमन्त्री को छ
 नयाँ बर्ष कुन महिनामा आउछ
त्यो थाहा थाह नहुने
सरकारका जनतालाइ
सरकार फेरिएको पनि थाहा छैन
नयाँ वर्ष आएको पनि थाहा छैन
थाहा छ त
विहान सुर्योदय संगै
सुर्यको जस्तै ताप र गर्मि
शरिरमा न ल्याए सम्म
भोक भोक्कै रहने!
नयाँ वर्षमा
घर घरमा क्यालेन्डर फेरिए जस्तै
सरकार पनि फेरिरहने
जनताको
दिनचर्या फेरिएन
नयाँ वर्ष मनाउनेहरुले
गरेको स्वरुची भोज पाटीमा
उनिहरुले खाएको थाल मस्काउदै
टल्किएको थालमा
आफ्नो अनुहार खोज्दै
त्यो थालमा हेर्छन
अनुहार
फेरियो की फेरिएन
टल्कियो कि टल्किएन
 अनुहार त्यो थालमा खोच्छन!
रंगिन शहरमा हुर्कने
सभ्रान्त परिवारमा
नववर्षको शुभकामना
आदन प्रदान हुदै गर्दा
हातमा कोदालो वेल्चा
जोत्नलाइ हलगोरु लिएर निस्कन्दा
साँझ
घर नपुगे सम्म
तै शहरको
परिवारमा सधै समवेदना प्रदानको भय
अरुले मनाएको नयाँ वर्षमा
उनिहरुको हासोमा
आफु पनि ओठ च्यतेर भएपनि हास्नु पर्ने
उनिहरुको  सुखमा
आफ्नो दुख विर्सनु पर्ने  नियती
यसो गरिएन भने
दुखै दुृखको बर्षा हुन्छ!
3 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x